aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

जेठ ५ सम्म धितोपत्रको राफसाफ तथा फछर्यौट कार्य स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
Sunrise
जेठ ५ सम्म धितोपत्रको राफसाफ तथा फछर्यौट कार्य स्थगित
LBEF

 काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आगामी जेठ ५ गतेसम्मका लागि धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट कार्य स्थगित गरेको छ । कोरोना संक्रमणका कारण जेठ १ देखि सरकारले लकडाउनलाई कडाई गरेकाले आवत जावत गर्न सवारी पासमा समेत कडाई भएपछि लकडाउन अवधिभर राफसाफ स्थगित गर्ने निर्णय सिडिएससीले गरेको हो ।

गत चैत १० गतेदेखि शेयर कारोबार बन्द भएसँगै बन्द गरिएको राफसाफ कार्य वैशाख ३० गते बजार खोल्ने भएपछि वैशाख २९ गतेदेखि सुचारु गरिएको थियो । कारोबार भएको तीन कार्यदिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्था अनुसार लकडाउन अघि वैशाख ९ गतेको बाँकी राफसाफ सम्पन्न भए पनि पछिल्लो दुई दिनको कारोबारको राफसाफ हुन सकेको छैन् । 

लकडाउनका विच खोलिएको बजारमा लगानीकर्ताहरुले ६३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । आम लगानीकर्ताको पहुँच नपुग्ने गरी खोलिएको उक्त दुई दिनको कारोबार रद्द गर्न लगानीकर्तासँघहरुले विज्ञप्ती मार्फत आग्रह गरेका छन् । उता, नेपाल धितोपत्र बोर्डले समेत लगानीकर्ताले दुई दिन बजार घटाउने खेल भएको भन्दै छानविनको माग गरेप िगर्न लगानीकर्तासँघहरुले विज्ञप्ती मार्फत आग्रह गरेका छन् । 

उता, नेपाल धितोपत्र बोर्डले समेत लगानीकर्ताले दुई दिन बजार घटाउने खेल भएको भन्दै छानविनको माग गरेपछि सत्यतथ्य पत्ता लगाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । छानविनको आधारमा दुई दिनको कारोबारको लागि आवश्यक निर्णय गर्ने बोर्डले बताएको छ । 

लकडाउनका विच वैशाख ३० र ३१ गते खुलेको बजार पहिलो दिन २ दशमलव शून्य २ प्रतिशत र दोस्रो दिन २ प्रतिशतको नकारात्मक सर्किट पछि निर्धारित अवधिभन्दा अघिनै कारोबार बन्द भएको थियो ।

पहिलो दिन १२ बजेर २४ मिनेटमा बजार बन्द हुदाँ १० करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने दोस्रो दिन ११ बजेर ३९ मिनेटमा बजार बन्द हुदाँ  ३६ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । दुई दिनको कारोबारपछि नेप्से परिसूचक पनि ४९ दशमलव ८८ अंकले घटेर १ हजार २०१ दशमलव ५७ विन्दुमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस