aarthiknews.com विहीबार, १५ असोज २०७७   Thursday, 01 October, 2020
 
Bajaj_Bike
Tasen

शेयर बजारका लागि जारी गरिएका सवारी पास रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
शेयर बजारका लागि जारी गरिएका सवारी पास रद्द
LBEF

काठमाडौं । कोरोनाका कारण जारी लकडाउनका विच वैशाख ३० गतेदेखि शेयर बजार सुचारू गर्न नेपाल धितोपत्र बोर्डले जारी गरेको सवारी पास रद्द गरेको छ । शेयर बजार सम्बद्ध निकायहरुमा एक तिहाई कर्मचारी उपस्थित हुने गरी नियामक निकाय बोर्डले पास दिने व्यवस्था गरेको थियो ।

बजार सुचारू भएको दुई दिनपछि जेठ १ देखि ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएकाले वैशाख ३१ गतेसम्म जारी सबै पास रद्द गरिएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिए ।

 उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) , सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र व्यवसायी लगाएत संस्थाहरुलाई जारी गरेको सबै पास रद्द भएको बताए । गिरीका अनुसार अति आवश्यक सेवा सञ्चालन हुने संस्थाको लागि जेठ १ गतेदेखि नयाँ पास जारी गरिएको छ । 

लकडाउनका विच खोलिएको बजार दुई दिननै नकारात्मक सर्किटको प्रभावमा परेको थियो । कोरोनाको जोखिम बढ्दै गएकाले लगानीकर्तालाई सहज तरिकाले कारोबारमा सहभागि गराउन समस्या हुने भन्दै बजार बन्द गरिएको हो । 

आगामी आर्थिक वर्षदेखि अनिवार्य अनलाईन प्रणालीमार्फत कारोबार गराउने व्यवस्था गर्दै हाललाई अनिवार्य नभई प्रोत्साहन गर्ने भन्दै अनलाईन कारोबारलाई प्राथमिकतामा राखी बजार खोलिएको थियो । हाल १ प्रतिशतभन्दा बढी मात्र लगानीकर्ताहरु अनलाईन कारोबारमा सहभागी भएकाले बजारले राम्रो गति नपाएको विश्लेषकहरुको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस