aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

प्रभु इन्स्योरेन्सको बीमा शुल्क १ अर्ब २० करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
Sunrise
प्रभु इन्स्योरेन्सको बीमा शुल्क १ अर्ब २० करोडभन्दा बढी
LBEF

 काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्सल १ अर्ब २० करोड ९५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरको छ । यो रकम गत वर्षको यसै अवधिसम्म  १४ करोड २ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ७० दशमलव ६६ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको हो । यस वर्ष गतवर्षभन्दा ८ दशमलव ५८ प्रतिशत बढी कम्पनीले गरेको छ ।

 यस वर्ष कम्पनीले  १५ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म यो नाफा १४ करोड २ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष ५० हजार ७७७ वटा बीमालेख जारी गरेको कम्पनीले गत वर्षभन्दा करिव ३० प्रतिशत कम २० करोड ५६ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ ।

गत वर्ष २३ करोड ४४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष २५ करोड ३८ लाख रुपैयाँभन्दा बढी गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ८ दशमलव २७ प्रतिशत बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी  १५ रुपैयर प्रतिशेयर नेटवर्र्थ रू. १९७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस