aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

शेयर बजार फेरि बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
Sunrise
शेयर बजार फेरि बन्द
LBEF

काठमाडौं । मंगलबारदेखि सञ्चालनमा आएको शेयर बजार आजदेखि पुन बन्द हुने भएको छ । दशैभरी कोरोना भाइरसका संक्रमितहरुको संख्या वृद्धि हुँदै गएका हुनाले लगानीकर्ताको स्वास्थ्यलाई ध्यानमा राखेर आजदेखि जेठ ५ गतेसम्मका लागि शेयर बजारको कारोबार बन्द गरिएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले आर्थिक न्युजडटकमलाई जानकारी दिए । 

वैशाख ३० गतेदेखि खुलेको बजार बिहीबारदेखि फेरी बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा जेठ ५ गतेसम्मका लागि बजार बन्द गर्ने निर्णय दिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए  ।

नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र लेखेर सेयर कारोबार बन्द गर्न निर्देशन दिएको उनले बताए । चैत ९ गतेदेखि बन्द भएको शेयरको कारोबारकामा दैनिक २ घण्टामात्रै खुलाउने गरि बैशाख ३० गतेदेखि आंशिक रुपमा खुला गरिएको थियो । 

यहि हप्ता मंगलबार र बुधबारमात्रै खुलेको बजारमा दुवै दिन बजार घटबढमा लागू गरिएको नयाँ नियममा २ प्रतिशतमा झारेर कारोबार गर्दा पनि दुबै दिन बजारमा नेगेटिभ सर्किट लागेर बजार पुरा दिन कारोबार नै नगरी बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस