aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

कोरोना संकटको सामना गर्ने बजेट ल्याउन अर्थविद्को सुुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
Sunrise
कोरोना संकटको सामना गर्ने बजेट ल्याउन अर्थविद्को सुुझाव
LBEF

काठमाडौं । कोरोना कहर बीचमा आउने आगामी बजेट रोग, भोक र शोकसँंग लड्न सक्ने हुनुपर्ने सुुझाव गरिएको छ । कोरोना नियन्त्रणपछि पूरक बजेट ल्याएर विकास निर्माण, उत्पादन तथा उत्पादकत्व र रोजगारी सिर्जना गर्ने अर्थविद्हरूको सुुझाव छ ।

अनुत्पादक क्षेत्रको खर्च कटौती, विलासिताका वस्तु खरिदमा पूर्ण रोक, संसद् विकास कोषलाई निरुत्साहन गर्न पनि सुुझाव गरिएको छ । नेपाल आर्थिक सङ्घका अध्यक्ष प्रा. डा. विश्वम्भर प्याकुरेलले अहिले जनताको जीवन रक्षालाई बढी प्राथमिकता दिई बजेट ल्याउन सुुझाव दिए । लकडाउन लामो हुुँदा अर्थतन्त्र केही घट्न सक्ने तर खोल्न हतार गर्दा शून्यमा नै पुग्ने भएकाले हालको अवस्थालाई विचार गर्नुपर्ने उनको भनाइ छ । झन्डै चार खर्ब रुपियाँ ऋणमा डुुबेको साना तथा मझौला व्यवसाय उकास्न बजेटले सोच्नुपर्ने सुुझाव उनको छ ।

अर्थशास्त्री प्रा. डा. गोविन्द नेपालले आगामी बजेटका लागि सरकाले लिएका सिद्धान्त र प्राथमिकता समयसापेक्ष भएको भन्दै विगतमा खर्च नभएको रकमलाई आकस्मिक कोषमा राखेर आवश्यकता अनुसार खर्च गर्ने व्यवस्था उपयुक्त हुने सुझाए । डा. पोषराज पाण्डेले अहिलेको असाधारण परिस्थितिमा कोभिड नियन्त्रण गर्न सक्ने किसिमले स्मार्ट बजेट ल्याउनुपर्ने बताउनुभयो । उनले बजेटले स्वास्थ्यका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने, खाद्य सुनिश्चिताको आधार र रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्ने बताए । 

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्दीले आन्तरिक र बाह्य स्रोतको चाप र दबाब बीचमा आउने आगामी बजेटले अनुत्पादक खर्च कटौती गर्नुपर्ने सुुझाए ।

त्यस्तै प्रदेश ५ आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सङ्घीय बजेटले कोरोना र त्यसले ल्याउने चुुनौती सामना गर्न सक्नुुपर्ने बताउनुुभयो ।त्यस्तै सुदूरपश्चिमका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आगामी बजेटले उत्पादक र उपादकत्वलाई बढाउनुुपर्ने सुुझाव दिए ।

नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जूले बजेटले स्वास्थ्य क्षेत्रका साथै कृषिमा युवाको सहभागिता बढाउने किसिमको हुनुपर्ने बताए । त्यस्तै गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ कामका आधारमा विनियोजन गरिनुपर्ने बताए। आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस