aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

कोरोनामा मात्रै बजेट केन्द्रित नहुने अर्थमन्त्रीको भनाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
Sunrise
कोरोनामा मात्रै बजेट केन्द्रित नहुने अर्थमन्त्रीको भनाई
LBEF

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्षको सुरुमै सरकारले पुरक वा अर्धबजेट ल्याउने संभावना नरहेको बताएका छन्। संसदमा बजेटका प्राथमिकता तथा सिद्धान्तमा सांसदहरूले उठाएका सवालको सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउने र त्यो पूर्ण बजेट हुने बताएका हुन्। 

जेठ १५ मा आउने बजेट पूर्ण बजेट भएकोले कोरोनामा मात्रै केन्द्रित नहुने अर्थमन्त्री खतिवडाले बताएका छन्। संसदमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेश भए पछि सांसदहरुले कोरोनामा बजेट केन्द्रित नभएको आरोप लगाएका थिए। सांसदका जिज्ञासाको उत्तर दिने क्रममा उनले आगामी वर्ष कोरोना नियन्त्रण र उपचारमा मात्रै नभइ अन्य काम पनि गर्नुपर्ने भएकोले अन्य कार्यक्रम पनि समावेश हुने बताएका हुन्।

नेपालमा द्रुत विकासको आकांक्षा धेरै रहेकोले अग्रगामी कार्यक्रमहरु पनि समावेश हुने उनले जानकारी दिए। आगामी वर्ष कोरोनाले प्रभावित भएको अर्थतन्त्रका विविध क्षेत्र उत्थानको कार्यक्रमलाई ध्यान दिएको समेत बताए। चालू आयोजनालाई पुरा गर्ने र केही नयाँ योजना समेत समावशे हुने अर्थमन्त्री खतिवडाले जनाकारी दिए।

प्रतिक्रिया दिनुहोस