aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

भारतमा २० लाख करोडको आर्थिक प्याकेज घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
Sunrise
भारतमा २० लाख करोडको आर्थिक प्याकेज घोषणा
LBEF

काठमाडौं । भारतले २० लाख करोडको आर्थिक प्योकज घोषणा गरेको छ । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २ कोरोना महामारीको असर कम गर्न २० लाख करोड रुपैयाँको आर्थिक प्योकज घोषणा गरेका हुन् । 

‘यो आर्थिक प्याकेज देशको श्रमिक र किसानका लागि हो जो, हर स्थिति, हर मौसममा देशवासीका लागि दिनरात परिश्रम गर्छन्, यो आर्थिक प्याकेज देशका मध्यमवर्गका लागि हो । जसले इमान्दारिताका साथ देशको विकासमा आफ्नो योगदान दिइरहेका छन् ।यो प्याकेज उद्योगीहरुको लागि हो जसले भारतको आर्थिक सामर्थ्य बुलन्द गरिदिएका छन्’ मोदीले भने ।

यो प्याकेज भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत भएको उनले बताएका छन् । प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतको संकल्प पूरा गर्न आर्थिक प्याकेज ल्याइएको बताए । आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको मोदीले सम्बोधनका क्रममा बताए ।
 

प्रतिक्रिया दिनुहोस