aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

एभरेष्ट बैंकको नाफा २ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
Sunrise
एभरेष्ट बैंकको नाफा २ अर्बभन्दा बढी
LBEF

काठमाडौं । एभरेष्ट बैंकले गत आवको तेस्रो त्रैमासको तुलनामा यस वर्ष सोहि अवधिसम्म ६ प्रतिशत बढी खुद नाफा गरेको छ । सोमबार बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको नाफा  २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भएको हो । 

यो नाफा गत वर्षको यसै अवधिसम्म २ अर्ब २१ करोड रुपैयाँभन्दा बढी थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने  ९४ करोड ३५ लाख रुपैयाँ भन्दा बढी रहेको छ । तेस्रो त्रैमासम्ममा बैंकले  ४ अर्ब ३४ करोड रुपैयाँ भन्दाबढी खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँ भन्दा बढी खुद व्याज आम्दानी गरेको थियो भने ३ अर्ब १४ करोड रुपैयाँ भन्दा बढी सञ्चालन मुनाफा गरेको थियो । 

 गत वर्ष भन्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बृद्धि देखिएको छ । हाल ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा  ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । प्रतिशेयर आम्दानी  ३७ दशमलव ३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस