aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

एनआइसी एशिया लघुवित्तले ब्याजमा १० प्रतिशत छुट दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
Sunrise
एनआइसी एशिया लघुवित्तले ब्याजमा १० प्रतिशत छुट दिने
LBEF

काठमाडौं । एनआइसी एशिया लघुवित्तले नेपाल राष्ट्र बैंकले प्रदान गरेको ३ प्रतिशत ब्याज सहुलियतको अलावा १० प्रतिशत छुट दिने भएको छ । 

संस्थाको आफ्नै पहलमा सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहकलाई लागू गरेको छ ।

साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ । 

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको यस संस्थाको खातामा जम्मा गरिनेछ । 

प्रतिक्रिया दिनुहोस