aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

जनरल इन्स्योन्सको नाफा ३ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
Sunrise
जनरल इन्स्योन्सको नाफा ३ करोडभन्दा बढी
LBEF

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४१ करोड ६१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले आइतवार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा १०३ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको हो । 

गत वर्ष यस अवधिमा कम्पनीले रू. २० करोड ५० लाख मात्र कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्ष यस अवधिसम्म १९ हजार ७६८ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष सोेहि अवधिसम्म ४० हजार ६५७ बीमालेख जारी गरेको छ । गत वर्ष १४० जनालाई रू. ७८ लाख दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ९४४ जनालाई रू. ८ करोड ९३ लाख दाबी भुक्तानी गरेको छ ।

यस वर्ष गत वर्षभन्दा कम्पनीको नाफा ३२ दशमलव ९० प्रतिशत बढी भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म रू. २ करोड ३१ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष सोहि अवधिमा रू. ३ करोड ७ लाखमात्र खुद नाफा गरेको हो । यस वर्ष आम्दानी ४१ दशमलव ६६ प्रतिशत बढी रू. ५ करोड ९५ लाख भएको कम्पनीले खर्च ५२ दशमलव ३८ प्रतिशत बढी रू. २ करोड ८८ लाख गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । 

जगेडा कोष रकम गत वर्षभन्दा ९० प्रतिशत बढी रू. ३ करोड ७६ लाख र बीमा कोष रकम ८७ प्रतिशत बढी रू. ४ करोड ११ लाख कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ५ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ छ ।

प्रतिक्रिया दिनुहोस