aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life
तेस्रो त्रैमास

२५ करोडले घट्यो नेपाल बैंकको नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
Sunrise
HIb
२५ करोडले घट्यो नेपाल बैंकको नाफा
LBEF

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकको नाफा ११ प्रतिशत कमी आएको छ । गत वर्षको यसै अवधिको तुलनामा नेपाल बैंकको नाफामा कमी आएको हो । गत वर्ष यस अवधिमा बैंकले २ अर्ब २४ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । तर, यस आवको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड ६५ लाखमात्र नाफा गरेको हो । 

यस वर्ष गत वर्षभन्दा १५ प्रतिशतले बैंकको सञ्चालन नाफा घटेको छ । गत वर्ष ३ अर्ब १२ करोड ३३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. २ अर्ब ६५ करोड ५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । 

यस वर्ष बैंकको खुद ब्याज आम्दानीमा पनि कमी आएको छ । गत वर्ष ४ अर्ब ७२ करोड ५२ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष ४ अर्ब २१ करोड ८२ लाखभन्दा बढी मात्र गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा ६ करोड १९ लाख ८२ हजार ऋणात्मक रहेको छ । 

यस वर्ष बैंकको शेयर प्रिमियम रकम ३ अर्ब २६ करोड २८ लाखभन्दा बढी र रिटर्न अनिङ १ अर्ब ८५ करोड २५ लाखभन्दा बढी छ । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रहेको छ । जगेडा कोषमा गत वर्षभन्दा ६ दशमलव ४९ प्रतिशत बढी रकम १४ अर्ब १७ करोड ६२ लाखभन्दा बढी रकम कायम भएको छ ।

बैंकले गत वर्षभन्दा करिब ५ प्रतिशत बढी १ खर्ब २२ अर्ब ७० करोड ३ लाखभन्दा निक्षेप संकलन गरेको छ भने १० प्रतिशत १ खर्ब १ अर्ब ६७ करोड ८६ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव ७१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ६४ प्रतिशतमा खुम्चिएको छ । यस वर्ष आधार ब्याजदर ७ दशमलव ४९ प्रतिशत छ । यो दर गत वर्ष ६ दशमलव ९२ प्रतिशत थियो । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ २९६ दशमलव ६३ छ ।
 

प्रतिक्रिया दिनुहोस