aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

आगामी मौद्रिक नीतिमा लघुवित्तको भूमिका

  • सुर्दशन गोदार
    सुर्दशन गोदार
  • आइतबार, २८ बैशाख २०७७
Sunrise
HIb
आगामी  मौद्रिक नीतिमा लघुवित्तको भूमिका
LBEF

काठमाडौं । विपन्न तथा गरीबलाई समुहमा आवद्द गरेर बिना धितो कर्जा लगानी गर्ने बंगलादेशमा सफल प्रणाली नेपालमा पनि लागु गरियो । यो निकै सफल पनि भयो । विशेष गरी संस्थागत रुपमा २०४७ साल पछिको राजनैतिक परिर्वतन पश्चात नेपालमा चरम गरीबी र महिला पुरुषमा ठूलो विभेद थियो । महिलाहरू श्रीमान् वा पुरुषको अधिनमा रहनु पर्दथ्यो । उनीहरूको समाजमा कुनै प्रकारको भूमिका रहँदैन थियो । समाजमा शिक्षित मानिसहरू औलामा गन्ने समान थिए । त्यसमा पनि महिलाको संख्या निकै न्यून थियो ।  घरको आर्थिक कृयाकलापमा महिलाहरूको कुनै पनि प्रकारको भूमिका थिएन ।

सायद आर्थिक कृयाकलापमा महिलाको भुमिका कम भएकोले उनीहरूको सामाजिक भूमिका पनि कम देखिएको अनुमान गरेर बंगलादेशको ग्रामीण बैकिङ पद्दतीलाई आधार मान्दै नेपालमा पनि यस प्रकारको बैकिङ पद्दतीलाई अबलम्बन गरियोे । समाजिक र आर्थिक दुबै भुमिमा महिलाहरूलाई ग्रामीण क्षेत्रमा स्थापना गर्न र महिलाहरूमा विभिन्न प्रकारको चेतनाको अभिवृद्धि गर्न सहयोगी बन्यो ।

कहिलै पनि घरमा आर्थिक कृयाकलाप नगर्ने महिलाले आर्थिक गतिविधिमा सहभागी हुन सिके । यस्तै ल्याप्चे प्रणालीलाई परिवर्तित गर्दै महिलाले बैकमा हस्ताक्षर गर्नु पर्ने कारणले आफूले पनि अध्ययन गर्ने र आफ्नो बालबालिकालाई पनि पढन पठाउन थाले । साप्ताहिक रुपमा किस्ता र्तिनु पर्ने हुनाले उनीहरूमा बचत गर्ने कमाउने व्यापार गर्ने आदी तरिका पनि सिकेर स्वरोजगार बन्न थाले । पूर्णरुपमा अध्ययन नगरिए पनि त्यति बेला सय प्रकारका लघुवित्तले आर्थिक कृयाकलाप मात्र नगरेर सामाजिक जीवन परिर्वनमा र समाजमा ठूलो भुमिका र्निवाह गरेका थिए ।

 बैकर्सको लागि लघुबित्त एउटा आर्कषक वित्तीय प्रणालीको रुपमा विकाश भयो । थोरै लगानीमा छिटो र धेरै मुनाफा हुने भएपछि धमाधम लघुवित्त वित्तीय संस्था खोल्ने होड चल्यो । धेरै संस्था खुल्ले तर समाज धेरै परिर्वतन भै सकेको छ । अहिले समाजमा साना रकमको लागि बैक नै जानु पर्ने अवस्था छैन ।

आर्थिक कृयाकलाप गर्ने अनौपचारिक प्रणालीको विकास भयो टोल समूह, वन समूह, लगायत विभिन्न संस्था संगठन र्निमाण भयो । यस्तै औपचारिक रुपमा आर्थिक कृयाकलाप गर्ने सहकारी भए जस्ले आफ्ना सदस्यको रुची र आवश्यकता अनुसार कर्जा बचत गर्न सजिलो भएको छ । बैक जानु पर्ने बाध्यतालाई केहि हदसम्म रोकेको छ ।

यस अवस्थामा महिलाहरूको लघुवित्त संस्थामा जानु पर्ने बाध्यता र आवश्यकता घटेको छ । हुनत हाल पनि लगभग २५ लाख भन्दा बढी लघुवित्तको ग्राहह रहेका छन् । तर यसको विभिन्न कारण छन् । जसमध्य ग्रुपहरूले गरेको दीर्घकालीन बचत हो । जुन १५ /२० वर्षे पेन्सन बचतलगायत विभिन्न प्रकारका बचत छन् । जुन समय अवधि पूर्ण नभइ फिर्ता हुँदैन  । यस्तै कति लघुवित्त  समूह त्याग गर्दा नयाँ व्यक्ति सदस्य राखेर मात्रै समूह त्याग गर्न दिने र समूहमा साथीको कर्जा नसकिदासम्म समूह त्याग गर्न नदिने कारण पनि सदस्यहरू कारोबार गर्न  बाध्य छन् ।

यस्तै लघुवित्तका ग्राहकहरूमा विभिन्न प्रकारको विकृती आएको छ । आफ्नो आर्थिक हैसियत भन्दा धेरै कर्जा लिने, एउटा व्यवसायमा धेरै लघुवित्तले कर्जा लागानी गर्ने, घरमा /श्रीमान्सँग सर–सल्लाह नगरी कर्जा लिने, बैकको कर्जा रकम व्यक्तिगत खर्च मनोरंन्जन आदीमा खर्च गर्ने कारणले अहिले लघुवित्त कर्जा  प्रणालीमा ठूलो समस्या परेको छ । अहिले लघुवित्त कर्जाको कारण समाजमा विविध प्रकारको विकृती पैदा भएको छ ।

बैकले समूहमा मात्रै लगानी गर्ने हुँदा जसरी पनि महिला समूह बनाउन बाध्य छन् । केही टाठा बाठा महिलाले समूहका अन्य साथीको रकम आफूले चलाइदिने अनि भाग्दिने कारणले सोझा महिला समस्यामा परेका छन् । यस्तै विविध कारणले यस्को मोडल परिर्वतन गर्नु पर्ने देखिएको नत्र यसले ग्रामीण अर्थ व्यवस्थामा समस्य पार्ने निश्चित छ ।

यस्तै लघुवित्तको पनि आफ्नै समस्या छ । सानो पुँजीमा स्थापना भएका यस प्रकारका लघुवित्त संस्थालाई  सार्वजनिक र संस्थागत बचत पनि हुँदैन । हालको बजार दर अनुसार लगभग १० देखि १३ प्रतिशत ब्याजमा ल्याएर १८ प्रतिशतमा कर्जा लगानी गर्दा सानो समस्यामा पनि ठूलो वित्तीय भार पर्दछ । यस्तै नेपाल राष्ट्र बैकले गत वर्ष देखिनै शुरु गरेको  पुँजीवृद्धिको सीमा बढाउनु पर्ने र लघुवित्त संस्थाको संख्या घटाउनु पर्ने देखिन्छ । खराब ऋणी सबै बैंकको समस्या हो । बिना धितो कर्जा लगानी हुने हुँदा खराब कर्जा असुल गर्न लघुवित्त संस्थालाई अप्ठयारो परेको छ ।

यस प्रकारका खराब ऋणीलाई कारबाही गर्ने प्रभावकारी नियमन आवश्यक देखिन्छ । यस्तै लघुवित्त संस्थाको कर्जा सीमा समय सान्दर्भिक बनाउन जरुरी छ । हाल नेपालमा घर जग्गा नहुनेको लगभग संख्या छैन केही अव्यवस्थित र सुकुम्बासीको हकमा पनि स्थानीय निकायको बसोबास प्रमाणि लगायतका कागज पत्रको आधारमा कर्जा लगानी गर्ने र अनिवार्य रुपमा पसल वा अन्य व्यवसाय दर्ता गर्नेलाई मात्र कर्जा लगानी गर्ने हो भने  वल्लमात्र  यस्ता लघुवित्त संस्था दीर्घकालीन र दिगो  रुपमा सञ्चालन हुन सक्दछ ।

(गोदार ग्रामीण लघुवित्त विकास बैक दुलेगैडा शाखा प्रमुख हुन् ।)

       

 

प्रतिक्रिया दिनुहोस