aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

लकडाउन अघिको शेयर कारोबारको राफसाफ सोमबार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
Sunrise
HIb
लकडाउन अघिको शेयर कारोबारको राफसाफ सोमबार हुने
LBEF

काठमाडौं । लकडाउन अघिको कारोबारको राफसाफ सोमबारदेखि हुने ।  लकडाउनको कारण रोकिएको शेयर कारोबारको राफसाफ बैशाख २९ गते सोमबार देखि हुने भएको छ । 

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले शुक्रबार प्रेस बिज्ञति जारी गर्दै चैत १० गते अघि भएको शेयर कारोबारको बाकी राफसाफ सोमबारदेखि सुरु गरिने जानकारी दिएको हो । गत चैत १० गतेदेखी  बन्द शेयर कारोबारको राफसाफ अन्तिम कारोबार दिनको मात्र बाकी रहेको सिडिएससीको भनाई छ ।सिडिएससीका अनुसार अन्तिम कारोबार दिन चैत ९ गतेको मात्र राफसाफ गर्न बाकी छ ।

त्यस दिन रू। १९ करोड ४६ लाख बराबरको कारोबार भएको थियो । राफसाफ सोमबारदेखि सुरु भए पनि कार्यालय भने आइतबारदेखिनै खुल्ने छ । नेपाल धितोपत्र बोर्डले आइतबारदेखिनै कार्यालय खोल्न शुक्रबारनै निर्देशन दिइसकेको छ ।चैत १० गतेदेखी बन्द शेयर कारोबार बैशाख ३० गते मंगलबार देखि खुल्ने भएको  छ ।

प्रतिक्रिया दिनुहोस