aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

ज्योति लाईफले बीमितहरुलाई नि:शुल्क कोभिड–१९ को बीमा गरिदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
Sunrise
ज्योति लाईफले बीमितहरुलाई नि:शुल्क कोभिड–१९ को बीमा गरिदिने
LBEF

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेष्ठ मसान्तभित्र सार्वधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको कोभिड १९ बीमाको निशुल्क गरिदिने भएको छ । बीमा समितिले नेपाली नागरिकहरुका लागि निर्जीवन बीमा कम्पनीहरु मार्फत हालै बजारमा ल्याएको कोभिड–१९ को विरुद्ध ५० हजार रुपैयाँ बराबरको जोखिम बहन हुने गरि १ वर्षको लागि बीमा सुविधा दिने भएको हो । 

विश्व नै कोरोना भाइरस कोभिड–१९ बाट आक्रान्त भै रहेको अहिलेको विषम परिस्थितीमा कम्पनीले “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेको हो सो वापत लाग्ने बीमा शुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार पर्ने छैन कम्पनीले जनाएको छ ।

यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको एऋच् पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाई एकमुष्ट रु.५० हजार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

 यस योजनाबाट कम्पनीका १० हजारभन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । सम्पूर्ण नवीकरण योग्य बीमितहरुलाइ विभिन्न अनलाइन सेवा, कम्पनीको बैक खातामा रकम जम्मा गर्ने वा नजिकको शाखा÷उपशाखा कार्यालयमा सम्पर्क गरि नवीकरण बीमा शुल्क तिरी कम्पनीले दिएको सुविधाबाट लाभ निल सकिने छ । 

प्रतिक्रिया दिनुहोस