aarthiknews.com आइतबार, २१ असार २०७७   Sunday, 05 July, 2020
 
Citizen life

शेयर बजार २ घण्टा मात्रै खोल्ने, सर्किटमा नयाँ व्यबस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
Sunrise
HIb
शेयर बजार २ घण्टा मात्रै खोल्ने, सर्किटमा नयाँ व्यबस्था
LBEF

काठमाडौं । शेयर बजारको दोस्रो बजारको कारोबार आउँदो मंगलबारदेखि २ घण्टा मात्र खोल्ने भएको छ । धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म)  सञ्चालन गर्ने शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था  गरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने भएको छ । 

धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा क्ष्एक् वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने बोर्डले जनाएको छ । 

लगानीकर्तालाई  Mero Share खाता खोली सोही खाताबाट अनिवार्य रुपमा EDIS मार्फत राफसाफ गर्ने व्यवस्था भनिएको छ । २०७७ आषाढ मसान्तसम्म Mero Share को नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने,सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था  मिलाउनु पर्ने छ ।  

अन्य थप जानकारी

  1. धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म)  सञ्चालन गर्ने । 

  2. प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था   गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने । 

  3. धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा IPS वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा IPS वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने ।

  4. लगानीकर्तालाई Mero Share खाता खोली सोही खाताबाट अनिवार्य रुपमा EDIS मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने । २०७७ आषाढ मसान्तसम्म Mero Share को नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने।सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था  मिलाउने । 

  5. धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने । 

  6. नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने । 

  7. २०७७ आषाढसम्म Online बाट कारोबार गर्ने लगानीकर्ताहरुसँग Password र User ID प्राप्त गर्न  ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने । २०७७ श्रावणदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले Password र User ID लिन सक्ने व्यवस्था गर्ने ।  

  8. सिडिएसको System बाट आउने Average Price लाई धितोपत्र दलालले Manual Entry गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाउने । 

  9. लगानीकर्ताहरुको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा Help Desk को व्यवस्था गर्ने र सो को जानकारी दिने । 

  10. NEPSE र CDSC ले आवश्यक Safety Protocol बनाई आफ्नो र धितोपत्र दलाल, निक्षेप सदस्य, मर्चेन्ट बैंकरले लागू गर्ने व्यवस्था गर्ने ।

  11. NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय संचालन गर्दा नेपाल सरकारबाट निर्णय भएअनुसार कुल कर्मचारीको एक तिहाई कर्मचारीबाट आलोपालो गरी कार्यालय संचालन गर्ने ।

  12. NEPSE, CDSC, Merchant Bankers, DP, Broker कार्यालयलाई सवारी साधनको लागि सवारी पासको आवश्यकता परेमा आफ्नो कार्यालयमा भएका सवारी साधनहरु मध्ये एक चौथाई सवारी साधनलाई मात्र बोर्डले सवारी पास उपलव्ध गराउने । सोको लागि सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले सावरी साधनको नम्बर सहित पत्राचार गरी बोर्ड समक्ष अनुरोध गर्ने । 

  13. धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एकपटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिश सहित बोर्डमा समक्ष सम्पर्क राख्न सक्ने । 

  14. NEPSE, CDSC, Merchant Bankers, DP, Broker  को कार्यालय मिति २०७७।१।२८ गते आईतबार देखि संचालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार मिति २०७७।१।३० गते मंगलबारबाट संचालन गर्ने ।

प्रतिक्रिया दिनुहोस