aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

सय योजनालाई सञ्चालनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
Sunrise
HIb
सय योजनालाई सञ्चालनको अनुमति
LBEF

बैतडी । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले १०० बढी आयोजनालाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । 

उनले भने, “लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको हो ।”

लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासनले केही दिनयता स्थानीय तहका समपूरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको हो । व्यवसायीले निर्माण कार्य अघि बढाउन सम्बन्धित कार्यालयमार्फत जिल्ला प्रशासनलाई आग्रह गरेअनुसार अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । 

उनले भने, “ लकडाउनको मापदण्डअनुसार काम गराउँछौँ भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिइएको छ ।”  

स्थानीय तहमा सुर्नया गाउँपालिकाबाहेक सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति लिएका छन् भने विकासे योजनामा महाकाली जलाधार पाटनबाहेक सबैले अनुमति मागेको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ । 

माग भइआएका सबै स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विश्वभर महाकारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि यहाँका विकास निर्माणका कामहरु ठप्प छन् ।

प्रतिक्रिया दिनुहोस