aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

चीनले कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न सहयोग गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
Sunrise
HIb
चीनले कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न सहयोग गर्ने
LBEF

काठमाडौं । चीनले कोरोना भाइरसको उत्पत्तिको विषयमा अनुसन्धानको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई सघाउने बताएको छ । यद्यपि यो अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने चीनको माग छ ।

अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण गरिएको छ र यसको जाँच हुनुपर्ने माग राख्दै आएको छ । साथै उसले कोरोना भाइरसबारे पारदर्शी नबनेको र आफ्नो मुलुकमा नै यो भाइरसलाई नियन्त्रण गर्न नसकेको आरोप चीनमाथि छ ।

यद्यपि चीनले भने यी सबै आरोप अस्वीकार गर्दै आएको छ । चीनले पनि कोरोना भाइरसको उत्पत्ति चीनबाहिर नै भएको दाबी गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिका एक झुट लुकाउन अर्को झुट बोलिरहेको आरोप लगाएका थिए ।

कोरोना भाइरसको महामारीमा चीन र अमेरिकाको सम्बन्ध झनै चिसिएको छ । यो महामारीले समग्र विश्वलाई नै एक स्थानमा ल्याउने अपेक्षा गरिएको थियो । तर, त्यसको विपरीत चीन र अमेरिका यो महामारीबारे आरोप प्रत्यारोपमा उत्रिएका हुन् । बीबीसी 

प्रतिक्रिया दिनुहोस