aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

लकडाउनमा विकास निर्माणका काम यसरी सञ्चालन हुदैछन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
Sunrise
HIb
लकडाउनमा विकास निर्माणका काम यसरी सञ्चालन हुदैछन
LBEF

काठमाडौं । सरकारले लकडाउन आगामी जेठ ५ गतेसम्म कायम गरेपनि विकास निर्माणका काम खुल्ला गर्ने निर्णय गरेको छ । बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलन  अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिएका हुन ।  

विकास आयोजनाको सञ्चालनका लागि आवश्यक पर्ने ढुङगा, गिटी र बालुवालगायतको निर्माण सामाग्रीको ढुवानी र न्यूनतम बैङ्किङ तथा वित्तीय संस्था सञ्चालन गर्न केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्थाको मुल्याङन गरी, स्वास्थ्य सुरक्षाको पालना गरी सामाजिक दुरी कायम गरी निम्न कार्यहरु गर्न दिने निर्णय गरेको हो ।  

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत, सिञ्चाई, खानेपानी, विमानस्थल, सडक र पूल, सरकारी भवन निर्माण र सवलीकरण गर्न अनुमति दिएको छ । 

ती कार्य गर्न एकस्थानमा अधिकतम १० जनासम्म काम गर्ने मजदुर नबढ्ने गरी काम गराउने, दैनिक अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, श्रमिकलाई कार्यस्थलमै खाना खाजाको व्यवस्था मिलाउने निर्णय भएको छ ।

स्थानको अभाव भएमा सार्वजनिक, सरकारी र निजी विद्यालयको खाली भवन प्रयोग गर्न सकिने तर स्थानीयसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था मिलाउने, सो सम्बन्धी सम्पूर्ण व्यवस्थाको खर्च सम्बन्धित निर्माण व्यवसायीले नै मिलाउनुपर्ने निर्णय भएको छ । 

त्यस्तै निर्माणका लागि अवश्यक पर्ने ढुङगा, गिट्टी र बालुवा उत्पादन, संकलन र विक्री वितरण गर्न पाउने निर्णय गरेको छ । सिमेट उद्योग सञ्चालन गर्न पाउने र आवश्यक सामाग्री उत्पादन गर्न दिने, नदी नियन्त्रणसँग सम्बन्धित कार्य गर्न सकिने र आवासस्थलदेखि निर्माणस्थलसम्म आवतजावत गर्न सुरक्षित तरिकाले श्रमिकलाई आवतजावत गर्ने व्यवस्था उद्योग सञ्चालकले मिलाउनुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस