aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

आइतबारदेखि शेयर कारोबार पनि खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
Sunrise
HIb
आइतबारदेखि शेयर कारोबार पनि खुल्ने
LBEF

काठमाडौं । सरकारले आइतबादेखि शेयर बजार खुल्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बजारमा काम गर्ने  कर्मचारीमध्ये एकतिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय भएको सार्वजनिक गरेको हुन ।

सरकारले आइतबारदेखि विशेष सुरक्षा अपनाएर सेवा सञ्चालन गर्ने भनेपछि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज र सिडीएससीमा बिहिबार आन्तरिक तयारीका लागि छलफल गर्ने बताएका छन् ।अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस