aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life
समाचार टिप्पणी

स्थायी समिति बैठक रोकिएपछि उठेको प्रश्न: फेरी शुरु भएको हो नेकपामा भाँडभैलो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
Sunrise
HIb
स्थायी समिति बैठक रोकिएपछि उठेको प्रश्न: फेरी शुरु भएको हो नेकपामा भाँडभैलो ?
LBEF

काठमाडौँ । वैशाख २५ गते बिहीबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अनिश्चित बनेको छ । स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्न बुधवार बसेको सचिवालय बैठकमा नेताहरू बिच असमझदारी बढेपछि यस्तो स्थिति सिर्जना भएको नेकपा उच्च स्रोतले बताएको छ ।

तर, बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबिच अझै छलफल बाँकी रहेकोले हाललाई स्थगित गरिएको जानकारी दिएका थिए । त्यही बेला उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य र व्यस्तताका कारण बैठकमा पूरा समय उपस्थित नभएकोले आजको बैठकमा विस्तृत छलफल हुन नसकेको भन्दै बताएपछि गडबडीको आशङ्का बढेको हो ।

आफैले निम्त्याएको सङ्कट आफ्नै लागी गलपासो बन्ने परिस्थितिलाई बल्ल आफ्नो अनुकूल बनाउँदै लागेका प्रम ओलीलाई अहिले पार्टी सचिवालयको बैठक भन्दा ठुलो अर्को कुनै भेटघाट हुनसक्ने अवस्था छैन । यदि स्वास्थ्य सम्बन्धी समस्या मात्र भनिएको भए केही पत्यारिलो त हुन्थ्यो होला तर जब उनी एक घण्टा पछि फेरी सो बैठकमा सहभागी भए त्यसैले स्वास्थ्यको कारण उनी बैठकलाई बिचैमा छाडेर हिँड्न बाध्य भए भन्ने कुरा विश्वासिलो बन्न सकेको छैन ।

यो घटना सँगै ३/४ दिन सन्नाटा छाएको नेकपामा आजको बैठकपछि बादल मडारिएको विश्लेषण गर्न थालिएको छ । यदि पूर्व निर्धारित समय अर्थात् भोलि ११ बजे स्थायी समितिको बैठक बसेको भए त्यसले आँधीबेहरी ल्याउने पक्का थियो भन्ने देखिएको छ । आफ्नो प्रतिकूल हुने गरी बिहीबारको बैठकले निर्णय गर् नसक्ने सम्भावनालाई प्रम ओलीले बुधवार नै ‘सेबोजेट’ गरेको भन्ने टिप्पणी समेत गर्न थालिएको छ ।  

तर, एजेन्डाको विषयमा विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट रिसाएर बाहिरिएका थिए भन्ने समाचार सार्वजनिक भइसकेको छ । उनी करिब एक घण्टापछि फर्किएपछि लगत्तै बैठक सकिएको थियो ।

स्मरण रहोस्, वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक बोलाउने भनी गरेको निर्णय ओलीलाई मन परेको थिएन । त्यसो त, प्रचण्ड र माधवकुमार नेपालले ओलीको कुरामा सहमत जनाउँदै त्यो दिनको बैठक सकिएको अवस्थामा त्यसै पनि २५ गते स्थायी समितिको बैठक बस्नुको कुनै औचित्य पनि थिएन ।

तर, यो बिचमा फेरि प्रचण्ड र माधव नेपाललाई आ-आफ्ना गुटका नेताले ओलीको अगाडी गलेको, ठिक बेलामा ठिक निर्णय गर्न नसकेको जस्ता आरोप सहित २५ गते कडा रूपमा प्रस्तुत हुन र सबै कुरालाई स्पष्ट रूपमा खुल्ला छलफलको विषय बनाउन मिल्ने गरी एजेन्डा तय गर्न दबाब दिएका थिए ।

नेपाल-प्रचण्ड गुटको मोर्चा बन्दीमा पर्ने सङ्केत देखिएपछि ओली बैठक टार्ने योजना सहित बैठकमा प्रस्तुत भएपछि नेकपाभित्रको विवाद फेरि बल्झिएको एक थरी नेताहरूको बुझाइ छ । ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ भन्ने मागका साथ अगाडी बढ्ने र ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट राजीनामा गराउने भन्ने ओली इतर समूह हात्तिवनमा भएको छलफलले निर्णय गरेको यसअघि नै बताइँदै आएको थियो । यो कुरा बुझेका ओलीले बुधवार को बैठकलाई समय नै नदिएको पनि विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस