aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

अबको लकडाउनमा यी क्षेत्र सर्त सहित खोल्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
Sunrise
HIb
अबको लकडाउनमा यी क्षेत्र सर्त सहित खोल्न पाइने
LBEF

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केहि खुकुलो बनाउने निर्णय गरेको छ । सरकारले जेष्ठ ५ गतेसम्म जारी राख्ने भएपछि सरकारले औषधिजन्य वस्तुको उत्पादन, विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको छ । अर्थमन्त्री तथा संचारमन्त्री डा. युवराज खतिवडाले बुधबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार यस्तो जानकारी दिएका हुन्। 

उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ । यस्तै राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले खोल्न दिने उद्योग तथा अन्य कार्यालयमा श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने, नियमित स्वास्थ्य जाँच गर्नुपर्ने,सामाजिक दूरी कायम गर्न लगाउनुपर्ने,सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने पर्ने, लाग्ने सबै खर्च उद्योगले नै बहोर्नुपर्ने सरकारले गरेको निर्णयमा उल्लेख छ । 

सरकारले खोल्न दिने उद्योगहरु:
औद्योगिक क्षेत्रका सबै उद्योग
विषेश आर्थिक क्षेत्रमा सञ्चालिन उद्योग
लघु तथा घरेलु उद्योग
खाद्यान्न प्रशोधन उद्योग
दूग्ध प्रशोधन उद्योग
खानेपानी प्रशोधन उद्योग
औषधि प्रशोधन उद्योग
ईटा उद्योग
पशुपंक्षि दाना उद्योग 
चिनी उद्योग
चिया प्रशोधन उद्योग
एलपी ग्यास उद्योग
प्याकेजिंग सामाग्री उद्योग
कफी उद्योग
पारोटी, विस्कुट र कन्फेन्नरी उद्योग
चाउचाउ उद्योग
मसला उद्योग
दाल उद्योग
अलैचि र अदुवा प्रशोधन उद्योग
पशुपंक्षि उद्योग
धान, चामल र चिउरा उद्योग
खानेपाली तथा खनिजजन्य उद्योग
बालुवा प्रशोधन तथा क्रसर उद्योग
सिमेन्ट उद्योग
फलाम तथा स्टिल उद्योग
पेन्टिंगस (रंगरा्ेगन) ृउद्योग
जीआई र प्लासिटक पाइप र फिटिंगस उद्याृेग
विद्यतीइ साम्रगी उद्योग
जुस तथा हल्का पेयपदार्थ उद्योग
प्लाईड र भेयिर उद्योग
विद्युतीय उत्पादन तथा प्रशारण सम्बन्धी उद्योग
हेभि मेसिनरि औजार मर्मतसंभार खनिज उद्योग
सःमिल र काष्ठ उद्योग
आल्मिुनियम उद्योग
ग्रिल उद्योग
ढुवाननी तथा काग्रो सेवा उद्योग
फोहोरमैला संकलन तथा प्रशोधन उद्योग
मोटर ग्यारेज वर्कसप उद्योग
छापााखाना तथा प्रेस सम्बन्धी उद्योग

प्रतिक्रिया दिनुहोस