aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

नेपालमा पहिलो पटक २ महिने शिशुमा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
Sunrise
HIb
नेपालमा पहिलो पटक २ महिने शिशुमा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । नेपालमा पहिलो पटक २ महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज थपिएका १७ जना संक्रमित मध्ये दुई महिने शिशु समेत रहेको जानकारी दिएका हुन् । 

नेपालमा शिशुमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । यस अघि नेपालगञ्जका ७ बर्षीया बालक र ९ बर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । 

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ ।  प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।  अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ । 

प्रतिक्रिया दिनुहोस