aarthiknews.com विहीबार, १५ असोज २०७७   Thursday, 01 October, 2020
 
Bajaj_Bike
Tasen

नयाँ दिल्लीमा १० घण्टामै सय करोडभन्दा बढीको मदिरा बिक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
नयाँ दिल्लीमा १० घण्टामै सय करोडभन्दा बढीको मदिरा बिक्री
LBEF

नयाँ दिल्ली । पश्चिम बंगालमा १० घण्टाको अवधिमा एक सय करोड रुपैयाँभन्दा बढीको मदिरा बिक्री भएको छ । बीबीसीले जनाए अनुसार लकडाउनभन्दा अगाडि उक्त राज्यमा औसत रूपमा दैनिक ४० देखि ४५ करोड रुपैयाँ बराबरको मदिरा खरिद बिक्री हुने गरेको थियो । पश्चिम बंगालमा मंगलबार ६५ करोडभन्दा बढीको मदिरा बिक्री भएको छ । 

राज्य सरकारले मदिरा पसलहरू दिउँसो १२ बजेबाट बेलुकी ७ बजेसम्म खोल्न दिने अनुमति दिएको छ । सोमबार राज्य सरकारका तर्फबाट स्पष्ट निर्देशन नभएका कारण केबल तीन घण्टामात्रै मदिरा पसलहरू खुलेका थिए ।

कोरोना भाइरससँग जुध्नका लागि रकम जुटाउन राज्य सरकारले मदिरामा ३० प्रतिशत अतिरिक्त कर लगाएको छ । पश्चिम बंगाल सरकारले दुई दिनमा मदिरा बिक्रीबाट राम्रो राजस्व संकलन गरेको छ । मदिराको बिक्रीबाट सरकारले ६० करोड राजस्व संकलन गरेको बीबीसीले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस