aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

हिमालयन र एनएमबि बैंकको ऋणपत्रलाई इक्राको रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
Sunrise
हिमालयन र एनएमबि बैंकको ऋणपत्रलाई इक्राको रेटिङ
LBEF

काठमाडौं । रेटिङ कम्पनी इक्राले हिमालय बैंक र एनएनबि बैंकको ऋणपत्रलाई रेटिङ दिएको छ । इक्राले  हिमालयन बैंकको ऋणपत्रलाई ‘एलए’ र एनएमबि बैंकको ऋणपत्रलाई एलए(–) रेटिङ दिएको हो । बुधबार इक्राले प्रेस विज्ञप्ती जारी गर्दै ती दुई बैंकले निष्काशन गर्न लागेको ऋणपत्रका लागि यसअघि प्रदान गरेको रेटिङलाई पुर्नपुष्टी गरेको जनाएको हो ।

हिमालयन बैंकले ६० करोड तथा एनएमबी बैंकले २ अर्बभन्दा बढीको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ । ऋणपत्र निष्कासन अघि अनिवार्य रुपमा क्रेडिट रेटिङ गर्नुपर्ने धितोपत्र बोर्डको प्रावधान अनुसार हिमालयन र एनएमबिले इक्रालाई उक्त ऋणपत्र बिक्री प्रयोजनाका लागि क्रेडिट रेटिङ गर्ने जिम्मा दिएको थियो  ।  

यस्तो रेटिङ एलए (+ ), एलए र एलए (–) को रुपमा वर्गीकरण गर्ने गरेको छ । यो हिसावले हिमालयनको रेटिङ मध्यम र एनएमबिको रेटिङ तुलनात्मक रुपमा कमजोर मानिन्छ । यद्यपि यी सबै रेटिङले भविष्यमा निष्काशन हुने ऋणपत्र सम्बन्धि सम्पूर्ण वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्था बैंकहरू रहेको जनाउँछ ।

यद्यपि ऋण पत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको भने नजाउने इक्राले प्रष्ट पारेको छ ।
साथै यो रेटिङ उक्त ऋणपत्र वा बैंकको सूचीकृत सेयरको मूल्यवारेको टिप्पणाी पनि नभएको इक्राले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस