aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस कोषमा सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
Sunrise
नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस कोषमा सहयोग
LBEF

काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि जम्मा १ करोड रुपैयाँ सहयोग गरेको छ । 

बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि नेपाल एसबिआई बैंकको तर्फ बाट ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

उक्त चेक हस्तान्तरणमा  बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, अनुकूल भटनागरले उधोग, वाण्ज्यि तथा आपूर्ति मन्त्री  लेखराज भट्टलाई  हस्तान्तरण गरेका थिए । 

 उक्त कार्यक्रममा माननीय उधोग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड, नेपाल सरकारका सचिवहरुको उपस्थिति रहेको थियो । 

 यसका साथै नेपाल एसबिआई बैंकले  प्रत्यक प्रदेश सरकारलाई रकम रु ५ लाखको चेक हस्तान्तरण गरिसकेको छ ।साथै बाँकीको १५ लाख रुपैयाँ बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस