aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

भारतमा कोरोना संक्रमण बढ्दो, संक्रमित कति पुगे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
Sunrise
भारतमा कोरोना संक्रमण बढ्दो, संक्रमित कति पुगे ?
LBEF

भारत । भारतमा केही दिनदेखि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको छ । शनिवार एकै दिन भारतमा एक सय जना संक्रमितको मृत्यु भएको छ । साथै दुई हजार चार सय ४२ जना नयाँ संक्रमित थपिएका छन् ।

यो संख्या भारतमा भएको मृत्यु र संक्रमणको अहिलेसम्म्कै धेरै हो । यसअघि शुक्रबार भारतमा २ हजार ३ सय ९४ नयाँ संक्रमित थपिएका थिए भने ६९ जनाको मृत्यु भएको थियो ।

भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ । संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । संक्रमितमध्ये एक हजार ८ सय १९ जना उपचारपछि निको भएर घर फर्केका छन् । भारतमा संक्रमण नियन्त्रणका लागि आगामी जेठ चार गतेसम्म लकडाउन कायम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस