aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

स्वरोजगार बन्न चाहनेहरुलाई बतास एग्रोको गोल्डन अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
Sunrise
स्वरोजगार बन्न चाहनेहरुलाई बतास एग्रोको गोल्डन अफर
LBEF

पोखरा । कोरोनाभाइरस (कोभिड–१९) संकटका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली फर्किने तथा मुलुकभित्र पनि रोजगारी नभएकालाई बतास अर्गनाइजेसनको बतास एग्रो प्रालिले नयाँ अवसर सृजना गर्ने तयारी गरेको छ । 

कृषि क्षेत्रमा स्वरोजगार हुन चाहनेका लागि बतास अर्गनाइजेसनले आकर्षक प्रस्ताव ल्याएको छ । कोरोनाको कारणबाट सिर्जित विभिन्न समस्याका कारण खाद्यान्नको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कृषिसहित पर्यटनको क्षेत्रमा केही गर्न चाहनेका लागि यस्तो अवसर ल्याएको हो ।

नेपालमा कम उब्जाउ हुने अन्नबाली ,साग सब्जी र फल्फुल देखि बाहेक अन्यमा आयात भन्सार दर बढाउने र अर्गानिक मात्रै आयात गर्ने वा आयात पुर्ण प्रतिबन्ध लगाउने बतास एग्रोले जनाएको छ  । कृषि उपजसमेत आयात भइरहेको नेपालमा आयातलाई प्रतिबन्ध लगाउन पनि आन्तरिक मागलाई उत्पादनले धान्ने बनाउन र नेपाली बजारको मागले कृषिमा ब्याबसायमा स्वरोजगारहरु जन्माउने उद्देश्य रहेको बतास एग्रोले जानकारी दिएको छ । 

बतास अर्गनाइजेसनको बतास एग्रो प्रालिले कृषि उद्यमी हुन चाहनेहरुका लागि पोखरा महानगरपालिकाको वडा नं. २२ स्थित तालसँगै जोडिएको १०७ रोपनी जग्गामा उक्त खेति लगाइने छ । उक्त १०७ रोपनी जग्गामा ५०/५० प्रतिशत साझेदारीमा खेती गरी स्वरोजगार हुन चाहानेलाई बतासको तर्फबाट शुरुमा लाग्ने बीउ बिजन, मल, कृषि विज्ञ, मजदुरको ज्यालादारी खर्च, आवश्यक सरंचना तथा पूर्वाधारमा निर्माण लगानी गरिदिने जनाएको छ । जसमा कर्मशील, सकारात्मक सोच भएको कृषि उद्यम गर्न ईच्छुक व्यक्तिले प्रस्ताव गर्नसक्ने जनाइएको छ ।

स्वरोजगार बन्न चाहनेले यस अतिरिक्त नियमित लाग्ने पानी बिजुली, मजदुर तलब, कृषि व्यवसायको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धधन, बिक्रीवितरण लगायतको लागत बेहोर्नुपर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस