कीर्तिमानी शेर्पा २४ औं पटक सगरमाथा शिखरमा, एक हप्तामै दुइै पटक आरोहण - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 
कीर्तिमानी शेर्पा २४ औं पटक सगरमाथा शिखरमा, एक हप्तामै दुइै पटक आरोहण सफल

कीर्तिमानी शेर्पा २४ औं पटक सगरमाथा शिखरमा, एक हप्तामै दुइै पटक आरोहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ जेठ २०७६
Sunrise bank
कीर्तिमानी शेर्पा २४ औं पटक सगरमाथा शिखरमा, एक हप्तामै दुइै पटक आरोहण
LBEF
NCH-IPS

काठमाडौं । साहसिक आरोही ‍कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा चुमेका छन् । एकै सातामा दुई पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका शेर्पाले एक सातामै २ पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।

शेर्पाले यही जेठ १ गते बुधबार बिहान बजेर ५० मिनेटमा सगरमाथा चुमेको एक साता नवित्दै फेरि आज बिहान सफल आरोहण गरेको हुन । उनले आज बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखर चुमेका  हुन् ।

शेर्पाले  आफ्नै नाममा रहेको सबैभन्दा धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान यो पटक आफैंले दुई पटक तोडेर नयाँ रेकर्ड बनाएको पर्यटन विभागको भनाइ छ  निरन्तर सगरमाथा आरोहण गरिरहेका शेर्पाले पछिल्ला वर्ष आफ्नै कीर्तिमान तोड्दै नयाँ किर्तिमान  बनाउँदै आएका छन् । 

कामीरिताको  आरोहणको व्यवस्थापन सेभेन समिट्स ट्रेक्सले गरेको हो । कामीरिता यो पटक भारतीय टोलिको नेतृत्व गर्दै सगरमथा गएका थिए । 

सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका  ४९ वर्षीय  कामरीताले सन् १९९८ मा पहिलोपटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । त्यसपछि उनले २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तिनपटकसम्म सगरमाथाको शिखर टेकेका छन् । 

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका कामीरिताले २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका छन् । यस अघि यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् । कामीरिताले भने २२ पटकको रेकर्डलाई यो वर्षबाट २४ पटकको रेकर्ड बनाउन सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस