शेयर कारोबारमा डिम्याट अनिवार्य भएसँगै खाता खोल्नेको संख्या बढ्यो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

शेयर कारोबारमा डिम्याट अनिवार्य भएसँगै खाता खोल्नेको संख्या बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ बैशाख २०७६
Sunrise bank
शेयर कारोबारमा डिम्याट अनिवार्य भएसँगै खाता खोल्नेको संख्या बढ्यो
LBEF
NCH-IPS

शेयर खरिद विक्री गर्न हितग्राही खाता (डिम्याट) अनिवार्य गरिएसँगै यसको खाता खोल्नेको संख्यामा वृद्धि भएको छ । धितोपत्रको खरिद विक्री गर्दा कागजी प्रक्रियाबाट हुदै आएकोमा २०७३ साउन १ गतेदेखि उपत्यकाभित्रबाट डिम्याट अनिवार्य गरिए पनि देशभरका लागि भने सोही वर्षको माघ १ गतेदेखि अनिवार्य गरिएको थियो । डिम्याट अनिवार्य गरिएको तीन वर्ष वितिसक्दा यसको संख्यामा पनि वृद्धि हुदै गएको सिडिएस एण्ड क्लियरिङ्ले जानकारी दिएको छ ।

सोमबारसम्मको तथ्याङ्कलाई हेर्दा डिम्याट खाता खोल्नेको संख्या १४ लाख ८४ हजार २ सय ७ पुगेको छ । अनिवार्य गरिएको पहिलो आर्थिक वर्ष २०७२÷७३ को अन्त्यसम्म ३ लाख ५३ हजार १३६ लगानीकर्ताले डिम्याट खाता खोलेका थिए ।

त्यो संख्या आर्थिक वर्ष २०७३÷७४ मा ४ लाख ८० हजार ८७६ र आर्थिक वर्ष २०७४/७५ मा ४ लाख २१ हजार ५२३ रहेको थियो । त्यस आधारमा गत आर्थिक वर्षको अत्यसम्म अर्थात गत असार मसान्तसम्ममा १२ लाख ५५ हजार ५३५ जना लगानीकर्ताले हितग्राही खाता खोलेका छन ।

गत असार मसान्तसम्मको हितग्राही खाताको संख्या र हाल कायम संख्याविच तुलना गर्दा यस आर्थिक वर्षको ९ महिनामा मात्र २ लाख २८ हजार ६७२ वटा हितग्राही खाता थप भएको छ ।

तीन आर्थिक वर्षमध्य आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी हितग्राही खाता खोलिएको सिडिएसको तथ्याङ्कले देखाउँछ । हाल कायम हितग्राही खातामा ४ अर्ब २१ करोड १६ लाख ६७ लाख ७४ हजार १७३ कित्ता शेयर रहेको सिडिएसको तथ्यांकमा उल्लेख छ ।

नेपालको शेयरबजार पूर्ण प्रविधिमैत्री उन्मुख हुदै गर्दा भौतिक धितोपत्रहरुलाई विद्युतिय पद्धतिमा परिवर्तन गरी नेपाल स्टक एक्सचेञ्जमा भएका धितापत्रहरुको खरिद विक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त गर्न हितग्राही खाताले सहजता प्रदान गरेको लगानीकर्ताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस