aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life
कोरोना प्रभाव

तहअनुसार राहत प्याकेज बनाउनु पर्छः इच्छाराज तामाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
Sunrise
HIb
तहअनुसार राहत प्याकेज बनाउनु पर्छः इच्छाराज तामाङ
LBEF

काठमाडौं । सरकारले तहगत वर्गीकरण वा आवश्यकताअनुसार राहत प्याकेज बनाउनु पर्ने सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सुझाव दिएका छन् । नेपालमा तीन तहका वर्ग रहेकाले सरकारले तीन प्रकारको राहत प्याकेज तयार पार्नुपर्ने उनले बताएका हुन् । उनले भने, नेपालमा तल्लो, मध्यम र माथिल्लो तह गरेर तीन वर्ग रहेकाले तीनै तहका आवश्यकता अनुसारको राहत प्याकेज बनाउनु पर्छ ।’

अहिले तल्लो वर्गलाई दैनिक गुजारा गर्न परेको छ । सरकारले उनीहरूको दैनिक गुजारा टार्ने खालको प्याकेज ल्याउनु पर्यो । त्यस्तै, मध्यम वर्गसँग भएको सामग्री वा उनीहरूको दैनिक गुजाराका लागि आवश्यक उपकरणको सहजता गरिदिनु पर्छ । माथिल्लो वर्गलाई उनीहरूको उद्योग व्यवसायीलाई जीवित राख्नका लागि आवश्यक पर्ने खालको राहत आउन बन्नुपर्छ ।

यी दुई तहका वर्गलाई भन्दा माथिल्लो वर्गको समस्या अलि फरक छ । उद्योग व्यवसायमा भएका समस्यालाई राज्यले तत्कालिन राहतभन्दा पनि दीर्घकालीन र व्यवसाय निरन्तर चल्न सक्ने खालको सुविधाहरू आवश्यक गर्ने उनले बताए ।

उनले भने, यो महाव्यादीका कारण विश्वभरीको आर्थिक प्रणालीमा धक्का परेको छ । यसबाट नेपालमा पनि अछुतो छैन । उद्योग सञ्चालन गरिरहेकाहरूलाई आफ्ना दैनिक गतिविधि कसरी सञ्चालन गर्ने, दैनिक खर्चको जोहो कसरी गर्ने लगायतका विषय पहिलो प्राथमिकतामा परेका छन् ।

त्यसमा पनि बैंक तथा वित्तीय संस्थाहरूमा सञ्चालन खर्च अन्य क्षेत्रकोभन्दा बढी हुने भएकाले वित्तीय क्षेत्रको खर्च व्यवस्थापन झन जटिल हुने उनको तर्क छ । उनले भने, वित्तीय क्षेत्रका कर्मचारी, प्रविधि र सफ्टवेयरको खर्च धेरै मह्गो छ ।

यो अत्यावश्यक क्षेत्रका रुपमा रहेकोले पनि यो सेवा सञ्चालनमा अन्य क्षेत्रको सेवाभन्दा अझ बढी नै खर्च लाग्ने गरेको छ । अब सरकारले कुन क्षेत्रका लागि कस्तो नीति मार्फत सम्बोधन हुन्छ त्यो अपनाउन उनले आग्रह गरेका छन् ।

हाम्रो धेरै व्यापार र अन्य विविध कुराले नजिक रहेको भारतले भर्खरै ल्याएका राहत प्याकेजहरूको पनि अध्ययन गरौं र त्यहाँका पनि कति पय राम्रा कुराहरू यहाँ लागू गर्न सकिने उनले बताए । नेपालको धेरै व्यापार व्यवसाय भारतसँग मिल्दो जुल्दो भएकाले पनि त्यहाँको राहतको मोडललाई थोरै भएपनि कपी गर्न सकिने उनको धारणा गहेको छ ।

सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई चैत महिनाका लागि केहि राहत हुने घोषणा गरेपनि अब सरकारले नीति नै बनाएर वित्तीय क्षेत्रलाई उद्दार गर्न तर्फ लाग्नु पर्छ । बैंक तथा वित्तीय क्षेत्र बचाउन सकियो भने अन्य क्षेत्रलाई छुट वा सहुलियत दिन सक्ने उनको तर्क छ । उनले भने, उद्योग बचाउनलाई बैंक बच्न पर्यो । अब केहि वर्षसम्म बैंकको ऋणको ब्याज र किस्ता नआउने निश्चित नै छ ।

यसमा सरकारले वित्तीय क्षेत्रको खराब कर्जालाई सम्बोधन गर्ने नीति नै बनाउन पर्यो । त्यस्तै, क्रेडिट रेसियो, क्यापिटल एडुक्वेसी, सीआरआर, स्प्रेट दरलगायतमा सरकारले नीतिगत निर्णय गरेर बैंकहरूलाई बाच्नका लागि आधारब बनाइ दिनुपनपर्छ ।

अर्को सरकारले तत्कालका लागि सबै क्षेत्रको लागत कम गर्ने हो भने ब्याजदरमा कटौती गर्नुपर्छ । संस्थागत निक्षेपको ब्याजदर धेरै छ । यसले गर्दा बैंकहरूको खर्च बढी हुन्छ र अर्को मुद्दतीखाताको ब्याजदर पनि कम गर्न सकियो भने वित्तीय संस्थाहरूको खर्चको भार कम हुन्छ ।

(तामाङ सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष हुन्)

 

प्रतिक्रिया दिनुहोस