aarthiknews.com विहीबार, १५ असोज २०७७   Thursday, 01 October, 2020
 
Bajaj_Bike
Tasen

अमेरिकामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४५ हजार नाघ्याे, एकै दिन २८ सयकाे मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
अमेरिकामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४५ हजार नाघ्याे, एकै दिन २८ सयकाे मृत्यु
LBEF

काठमाडौं । चीनकाे उहान शहरबाट करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ६ बजेसम्म थप २ हजार ८०२ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार २३१६  पुगेको हो ।

अमेरिकामा ८ लाख १९ हजार ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ०४६ जना नयाँ संक्रमित थपिएका छन् । 

अमेरिकामा संक्रमितमध्ये ८२ हजार ९२३  जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ९१ हजार ५ सय ६६ जनामध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको विभिन्न राज्यहरुमा गरि ४१ लाख ५५ हजार १ सय ७८ जनालार्इ कोरोनाभाइरस (कोभिड–१९) परिक्षण गरिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दिनानु दिन उच्च दरले बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस