aarthiknews.com शनिबार, २० असार २०७७   Saturday, 04 July, 2020
 
Citizen life

कोरोनाको कहर चर्को घर फर्कनेको लर्को

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
Sunrise
HIb
कोरोनाको कहर चर्को घर फर्कनेको लर्को
LBEF

काठमाडौँ । लकडाउनका कारण अत्तालिएका मानिस घर फर्कन कोही दुधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डोर्याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतीक्षामा थिए ।

पाँच हजारभन्दा बढी मानिस घर जानका लागि कोटेश्वरदेखि गठ्ठाघरसम्म लामबद्ध थिए । भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक सबिन प्रधानले भने सामाजिक दूरी कायम गरी घर जान आग्रह गरेका थिए ।

“सबै घर जान पाउनुहुन्छ, नआत्तिईकन जानुस्, तपाईंहरूकै लागि हो” भन्दै उनी सबैलाई सम्झाउँदै थिए । बन्दाबन्दीका कारण मजदुरलाई धेरै गाह्रो भएको प्रतिक्रिया दिँदै उनले भने, “मानिसको भीडले सामाजिक दूरी कायम गर्न पनि हम्मे भएको छ । ५० देखि ६० वटा गाडी छन् होला, सबैलाई मिलाएर घर पठाउँछौँ । ”

यो भीड गाउँ जाने गाडी पाइने सूचनाका आधारमा कोटेश्वर, जडीबुटी क्षेत्रमा पुगेको थियो । पाँच महिनाको दुधे बालक बोक्दै भीडमा पुगेकी ललिता थामी भन्दै थिइन्, “दोलखा हिँडेको, गाडी त आउँछ होला नि । आएन भने तनाव हुन्छ । ”

उनलाई गाडी कति बेला आउँछ भन्ने थाहा थिएन । तर स्थानीय जनप्रतिनिधिले नै भनेकाले आउँछ होला भन्ने विश्वास थियो । “हामीलाई त वडाध्यक्षले लोकन्थलीमा गाडी आउँछ, जानू भनेका हुन्”, रामेछापका प्रवीणकुमार मगरले भने, “साँझ ७ बजेसम्ममा आइपुग्छ भनेको हो । ” 

लोकन्थली क्षेत्रमा पुग्नेमध्ये धेरैजसो दोलखा, सिन्धुपाल्चोक र रामेछापका बासिन्दा थिए । रोजगारी तथा अध्ययनका लागि काठमाडौँमा बस्दै आएका उनीहरु बन्दाबन्दी लम्बिएपछि घर फर्किन चाहे पनि गाडी नपाएर रोकिनुभएको थियो । आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस