aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

टेकुमा दुई नर्स आइसोलेसनमा, र्‍यापिड टेष्टमा पोजेटिभ देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
टेकुमा दुई नर्स आइसोलेसनमा,  र्‍यापिड टेष्टमा पोजेटिभ देखियो
LBEF

काठमाडौं । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मिमा समेत कोरोना संक्रमण देखिएको छ ।  काठमाडौमा कार्यरत २ जना नर्समा र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।   

हाल  टेकु अस्पतालमा आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको अस्पताल सम्वद्ध स्रोतले जनाएको छ । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि हुँ अझै बाँकी नै रहेकोले अहिले नै संक्रमित भनिहाल्न नहुने बतायो  ।

अब उनीहरुको पीसीआर विधिबाट गरिएको परीक्षणबाट प्राप्त हुने नतिजाले मात्र ति नर्सहरु संक्रमित रहे नरहेको पुष्टि हुनेछ । स्रोतले भन्यो, '२ पटकको र्‍यापिड टेष्टमा  संक्रमण ‘पोजेटिभ देखिएकोले आइसोलेशनमा राखिएको हो ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपनि पीसीआर विधिबाट परीक्षण गर्दा धेरैमा नेगेटिभ देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस