aarthiknews.com आइतबार, २१ असार २०७७   Sunday, 05 July, 2020
 
Citizen life

सभामुखले पठाए सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री

  • रासस
    रासस
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
सभामुखले पठाए सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री
फाेटाेः माधव सापकाेटाकाे फेसबुकबाट
LBEF

सिन्धुपाल्चाेक । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा काेराेना भाइरस (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । 

पहिलो चरणमा आज जिल्लाका आठवटा स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि स्थानीय विपद् व्यबस्थापन समितिमार्फत स्वास्थ्य  सामग्री हस्तान्तरण गरेको हो ।

वितरित सामग्रीमा हरेक स्वास्थ्य एकाइका लागि पिपिई सेट, थर्मल गन, सानिटाइजर, एन–९५ मास्क, पञ्जा, बुटलगायतका सामग्री छन् । भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिशङ्खुपाखर गाउँपालिकाका स्वास्थ्य एकाइका लागि ती सामग्री वितरण गरिएको छ । स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटाले नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेकाे हो । 

सबै स्वास्थ्य सामग्रीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ चिकित्सकबाट प्रमाणित गरिएको केन्द्रीय सदस्य सापकोटाले बताए । उपलब्ध गराइएका पिपिई सेट पुनः प्रयोग गर्न सकिने किसिमका छन् । 

सुनकोशी, बलेफी, जुुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका स्वास्थ्य संस्थाका लागि बुधबार स्वास्थ्य सामग्री वितरण गरिने जनाएकाे छ । सामग्री बुुझेपछि स्थानीय तहका प्रमुुखहरुले सभामुख सापकोटाको पहलप्रति खुशी व्यक्त गरेका छन् । 

स्थानीय तहका जनप्रतिनिधिले सङ्कटमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दोस्रो चरणमा स्थानीय विपद् व्यबस्थापन समितिहरुसँग समन्वय गरेर खाद्यान्नलगायत सामग्री वितरणको तयारी गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस