aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

उदयपुरमा थप ८ जनामा कोरोना आशंका, पुनः परिक्षणको लागि धरान लगियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
उदयपुरमा थप ८ जनामा कोरोना आशंका, पुनः परिक्षणको लागि धरान लगियो
LBEF

उदयपुर । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । आशंका गरिएका आठै जनालाई पुनः परिक्षणका लागि दुई वटा एम्बुलेन्समा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो । 

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ को भुल्केस्थित मस्जिदमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६९ जनाको गत ६ गते स्वाब संकलन गरी विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो ।

कोशी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका मध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनः परीक्षण गर्न पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । 

आशंका गरिएकामा कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षण गरे पछि मात्र थाहा हुने प्रमुख सुवेदीको भनाइ छ । 

यसअघि  संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस