aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life
कोरोना प्रभाव

'वित्तीय संस्थाहरूले गरिरहेको काम प्रशंसनीय छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
'वित्तीय संस्थाहरूले गरिरहेको काम प्रशंसनीय छ'
LBEF

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्र आर्थिक गतिविधिको केन्द्रका रुपमा रहेका संस्था हुन् । सबै आर्थिक गतिविधि बैंकसम्म गएर नै ठोकिन्छन् । बैंक तथा वित्तीय संस्थाहरू घाटामा जाने गरी छुट वा सहुलियत ल्याउन नहुने नविल बैंकका सञ्चालक उपेन्दप्रसाद पौड्यालले बताए । उनले भने, बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेप रहने भएकाले अन्य क्षेत्रलाई राहत वा सहुलियत दिँदा बैंक तथा वित्तीय संस्थाहरू घाटामा नै जानेगरी छुट दिन मिल्दैन ।’  

राष्ट्र बैंक र सरकारले राहत दिँदा निक्षेपकर्ता, ऋणी दुबैलाई तत्कालका लागि र दीर्घकालका लागि योजना बनाउनु पर्ने पौड्यालको सुझाव छ । यो असाधारण परिस्थितिमा धेरै समस्या आइसकेकाले सबैले सामान्य सोचाइ वा पुरातन सोचका साथ काम गरेर नहुने उनले बताए । यो समस्या एक दुई महिनामा सकिहाल्छ भनेर एकतर्फी रुपमा मात्र हेरेर काम गर्ने हो भने समस्या भयावह हुने उनलेको अनुमान छ ।

नेपाल राष्ट्र बैंकको गाइडलाइनसलाई फलो गरेर के के हुन सक्छन् त्यसको तयारी गर्ने र बैंक तथा वित्तीय संस्थाहरूले गर्न पर्ने कामको जिम्मेवारी त्यसपछि लगाउन उनको सुझाव छ ।

हाल बैंकहरूले लिइरहेको र निक्षेकर्ताले पाइरहेको ब्याजदरमा छुट दिन पर्ने हुनसक्छ । यो चैत एक महिना वा असारलाई मात्र छुट दिएर समस्या समाधान हुने देखिदै नदेखिने उनीको भनाइ छ । उनले भने, यो महाव्यादीबाट बाहिर निष्किनका लागि बैंकसँग जोडिएका संस्थाहरूलाई बचाउन पर्ने हुन्छ । जस्तो बैंकबाट ऋण लिएका संस्थाहरूले एक वर्षसम्ममा पनि ऋण तिर्न सक्ने अवस्थामा हुँदैनन वा त्यो भन्दा पनि धेरै समयसम्म पनि ऋण तिर्न सक्ने अवस्थामा रहँदैनन् । अबको एक वर्षसम्म न ब्याज माग्न मिल्छ न किस्ता नै माग्न मिल्ने अवस्था रहन्छ,’ उनले भने ।

हाल बैंकबाट ऋण लिएकाहरूलाई दुई खालको योजना बनाउन पर्ने पौड्यालको धारणा रहेको छ । उनले भने, हाल बैंकबाट ऋण लिएकाहरूले तत्कालै ऋण तिर्न सक्ने अवस्थामा रहँदैनन् । त्यसैले गर्दा एक वर्षभन्दा लामो समयको योजना त्यो पनि उद्योग र सेवा क्षेत्रलाई एक वर्षभन्दा लामो समयको प्रस्ताव ल्याउनु पर्छ । कुन प्रक्रियाबाट हालको समस्या समाधान गर्ने हो त्यो सरकारले राष्ट्र बैंकलाई भन्न पर्यो उनले भने ।

सरकारले विदेशी वित्तीय संस्थाहरुसँग जुन देशका वित्तीय संस्थाहरूले वित्तीय सेवा उपलब्ध गराउन सक्छन् । ती देशका वित्तीय संस्थासँग पनि कम ब्याजदरमा ऋण लिन सकिने उनले सल्लाह दिए । उनले भने, विदेशी संस्थाहरुसँग काम गरिहेको छु ती संस्थाहरुसँग पनि नेपाललाई चाहिने वित्तीय सहयोगका लागि कुरा गर्न सकिन्छ ।

बैंक तथा वित्तीय क्षेत्रमा तरलता पनि चाहिने भएकाले हाल ट्रेडिङ व्यापारका लागि भने तीन महिनाको अवधि दिएर ऋणमा केहि व्यवस्था गर्न सकिने उनले बताए । उनले भने, अन्य व्यापारभन्दा ट्रेडिङ फरक व्यापार हो । यसमा सामान आउँछ । उनीहरुको सामान आउनलाई मात्र ढिला भएको हो ।
   
अहिले बैंक तथा वित्तीय संस्थाहरूले गरिरहेको काम प्रशंसनीय नै छ । अत्यावश्यक क्षेत्रका रुपमा रहेको भएपनि त्यस क्षेत्रमा काम गर्ने कर्मचारीहरूको व्यवस्थापनका लागि बैंकको व्यवस्थापनले गरेको कामले बैंकका आम ग्राहकलाई केहि भएपनि राहत मिलेको छ ।

नविल बैंकका सञ्चालन रहेका पौड्याल बैंक सञ्चालकका लागि आवश्यक निर्णय लिनका लागि भर्चुअल बैंठकबाट निर्णय लिने गरेको बताउँछन् । उनले भने, बैंकहरूले जसरी सरकारले घोषणा गरेको कोषमा केन्द्रीय स्तरबाट र प्रदेश स्तरबाट पनि राहत वितरण गरिरहेका छन् ।

सर्वसाधारणलाई रकमको अभाव नहोस भनेर बैंकहरुले आफ्ना शाखा कार्यालय खोल्नुका साथै एटीएम बुथहरूमा समेत रकमको अभाव हुन दिएका छैनन् । ‘बैंक व्यवस्थापनले पनि कर्मचारीहरुलाई सहज बनाउनका लागि पास लिने र कोरोना भाइरसबाट बचाउनका लागि सुरक्षाका सामाग्री बैंकमा तयारीका रुपमा राखेर भएपनि वित्तीय सेवा भने रोकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस