aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

बिजुली सर्ट हुँदा धादिङमा दुई जनाको मृत्यु, पुरै गाउँ जलेर ध्वस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
बिजुली सर्ट हुँदा धादिङमा दुई जनाको मृत्यु, पुरै गाउँ जलेर ध्वस्त
प्रतिकात्मक तस्विर
LBEF

काठमाडौं ।  बिजुली सर्ट हुँदा धादिङमा पुरै गाउँ जल्नुका साथै दुईजनाको मृत्यु भएको छ । सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित बिजुलीको ट्रान्समिटरमा आगो लाग्दा सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको गाउँ पुरै जल्नुका साथै दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । यसका साथै करिब आधा दर्जन गम्भीर घाइते भएका छन् ।

आगो लागेका कारण अहिलेसम्म दुईजनाको मृत्यु भएको घटना स्थलमै मृत्यु भएको थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन् । ‘ ६÷७ जनालाई उपचार भइरहेको पनि उनले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाएको बताए । ‘हामीलाई राती खबर आयो, ट्रान्समिटर पड्किएको भनिएको छ । फेरि धेरै पर–परका घरहरु समेत जलेका छन् भन्ने खबर आएको छ ।’

सो गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ । अहिले पानी परिरहेको र बाटो चिप्लो भएका कारण प्रहरीको गाडी घटनास्थलसम्म पुग्न नसक्ने भन्दै उनले प्रहरी र प्राविधिकलाई हिँडेरै त्यहाँ गएको बताए ।

‘हामी उद्दार र उपचारका लागि खटिएका छौं, त्यसपछि घटना किन भएको रहेछ, यसको कसले जिम्मेवारी लिने छानबिन गर्छौं । घटना गम्भीर छ, ट्रान्समिटर पड्किएर यसरी टाढाटाढाको गाउँ एकैपटक जलेको भन्ने थाहा थिएन’ प्रहरी उपरीक्षक रेग्मीले भने ।

मृतकको पोस्टमार्टम र घाइतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसहितको टोली खटिएको छ । मृतकको शव अहिले खानीखोला प्रहरी कार्यालयमा ल्याइएको छ । घाइतेहरुलाई भने अस्पताल पठाइसकिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस