aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

प्रदेश सभा सदस्य पहारी चामलका बोरा बोक्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
प्रदेश सभा सदस्य पहारी चामलका बोरा बोक्दै
LBEF

पोखरा । कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले चामलका बोरा बोक्दै सहयोग जुटेका छन । पहारीले पौखरी स्वयमसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरण कार्यमा  सोमबार ७ बोरा चामल र तेल सहयोग गरेका हुन । उनले अहिले तत्कालको आवश्यकतालाई हेरेर सहयोग गरेको आवश्यक परे हरेक दिन चामल तेल लगायतका खाद्यान्न सहयोग गर्न आफू प्रतिवद्ध भएको बताए ।

 सांसद पहारीले भने “अहिलेको विषम परिस्थितिमा पौरखी स्वयमसेवी तयार भएर  परोपकारको काममा जुटेको छ यो निकै प्रशंसनीय काम हो, म  जनताको प्रतिनिधि हुँ ,आवश्यक परे नैतिक भौतिक सबै सहयोग गर्न तयार छु ।” उनले कास्कीका कुनै पनि जनताले गाँसबाँसको समस्यामा परे तुरुन्तै खबर गर्न समेत आग्रह गरे । 

उनले लकडाउन सरकारको रहर नभइ, जनताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले सबैले लकडाउन पालना गर्न पनि आग्रह गरे  ।  पौरखीका राजु शर्मा तिमिल्सिनाले जनप्रतिनिधीबाट पहिलोपल्ट सहयोग प्राप्त भएको र अन्यले पनि सहयोगकोलागि वचन दिएको बताए । उनले दैनिक २० देखि २२ जना स्वयम्सेवकल सेवामा जुटेको बताऐ । तिमिल्सीनाका अनुसार सोमबार मात्रै पौखरीले पोखरा महानगरका करीब ११ सय जनालाई घरमै खाना पुर्याएको छ । 

पोखरा महानगरपालिका वडा नं ७ मासवारमा रहेको शान्तिनगर बैङ्क्युटबाट अहिले यो अभियान सञ्चालित छ । यसका सञ्चालक प्रजापति अधिकारी समेत यस अभियानमा छन । पौरखीले सहयोगीमनबाट स्वत स्फूर्त जिन्सि सहयोग जुटेको तर कसैसँग नगद नलिएको बताए । उनले सोमबारनै शैलेन्द्र रावतबाट तीन कार्टुन तेल सहयोग भएको जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस