aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

तितेपातीबाट बन्यो स्यानिटाइजर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
Sunrise
HIb
तितेपातीबाट बन्यो स्यानिटाइजर
LBEF

काठमााडौं । कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानीटाइजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानीटाइजर उत्पादन गरेर बजारमा ल्याएको हो ।

‘हामीले तितेपातीकै ह्याण्ड स्यानीटाइजर उत्पादन गरेका छौँ’ केन्द्रका निर्देशक डा. ईश्वरीप्रसाद कडरियाले भने। स्यानिटाइजरमा तितेपातीसगै ईथानल, ग्लिसिरल, हाईड्रोजन पेरो अकसाईड र निर्मलीकरण गरिएको पानीसँग मिश्रण गरिएको छ । यसलाई विश्वविद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटाको नेतृत्वमा विज्ञ टोलीले उत्पादन गरेको हो । जीव रसायनशास्त्री सापकोटा अहिले विद्यावारिधी पनि गर्दै छन् ।

‘तितेपातीको तेल ० दशमलब १२ प्रतिशत, ईथानल ८० प्रतिशत, ग्लिसिरल १ दशमलब ५ प्रतिशत, हाईड्रोजन पेरो अकसाईड ० दशमलब १२५ प्रतिशलाई निर्मलीकरण गरिएको पानीसँग मिश्रण गरेर स्यानिटाइजर बनाएको छ’ उनले भने । यसलाई दुईसय मिलिग्रामको बोतलमा राखेर बजारमा लगिएको छ । यो स्यानिटाइजर विशेष त कृषि कर्म गर्ने किसानका लागि उपयोगी हुने बताइएको छ ।

विश्वविद्यालयले पहिलो चरणमा १ सय ८० लिटर सेनिटाइटर उत्पादन गरेको छ । यसलाई विस्तारै थप उत्पादन गर्दै लगिने वताइन्छ । अल्कोहल मिसिएको सेनिटाइजरको बजारमा प्रयाप्त नभेटिएका बेला तितोपातीको सेनिटाइजर प्रभावकारी हुने बताइएको छ । यो सुरक्षाका दृष्टिले पनि उत्तम रहेको बताइन्छ । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस