aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

मूल्य वृद्धिमा झिनो सुधार, काठमाडौं मह्गो, हिमाल सस्तो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
Sunrise
HIb
मूल्य वृद्धिमा झिनो सुधार, काठमाडौं मह्गो, हिमाल सस्तो
LBEF

काठमाडौं । माघ महिनाको तुलनामा फागनुमा मूल्य वृद्धिमा झिनो अंकले सुधार आएको छ । चालु आवको माघमा ६.८७ प्रतिशत रहेको मूल्य वृद्धि फागनुमा ६.७० प्रतिशतमा सीमित भएको हो । गत वर्षको फागुनमा ४.२० प्रतिशतमात्र मूल्य वृद्धि थियो ।  

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ९.३३ प्रतिशत र गैर खाद्यको तथा सेवा समूहको मूल्य वृद्धि ४.६९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडीको र मासु तथा माछाको मूल्य वृद्धि उच्च रहेको छ । गैर खाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

क्षेत्रगत हिसावले हेर्दा काठमाडौं उपत्यका सबैभन्दा मह्गो र हिमाल सबैभन्दा सस्तो देखिएको छ । अर्थात काठमाडौंका उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा मह्गो मूल्य तिर्नु परेको छ भने हिमालका उपभोक्ताले सोही वस्तु तथा सेवा सस्तो मूल्यमा पाइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । फागुन महिनामा तराईमा ६.८४ प्रतिशतको मूल्य वृद्धि भने काठमाडौं उपत्यकामा ७.६१, पहाडमा ५.५२ र हिमालमा ५.४२ प्रतिशतको मूल्य रहेको छ ।
 

गत आवको सोही अवधिमा काठमाडौं उपत्यकामा ६.६१, तराईमा ३.६१, पहाडमा ४.६४ र हिमालमा ५.४७ प्रतिशत मूल्य वृद्धि थियो । गत वर्ष र यस वर्ष फागुन महिनाको मूल्य वृद्धि तुलना गर्दा उल्टो देखिएको छ । गत वर्ष हिमाल मह्गो थियो । यो वर्ष हिमालमा वस्तु तथा सेवाको मूल्य सबै भन्दा सस्तो भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस