aarthiknews.com मंगलबार, ०६ असोज २०७७   Tuesday, 22 September, 2020
 
Bajaj_Bike
Tasen

मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने चालक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने चालक पक्राउ
LBEF

काठमाडौं । कोरोनाको औषधी भन्दै मादक पदार्थ सेवन गरी कन्टेनर ट्रक चलाउने ना.५ ख ४३१ नम्बरको कन्टेनर ट्रक चालक धादिङ धुनिवेशी नगरपालिका.८ बस्ने ३७ वर्षीय राम बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
    
चालक तामाङले उक्त ट्रक नागढुंगाबाट कलंकीतर्फ लापरबाहीपूर्वक चलाई चन्द्रागिरी नगरपालिका(११ सिप्रदीस्थित बल्खु पुलमा ठक्कर दिएर दुर्घटना गराई फरार रहेकोमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले तत्काल पिछा गर्दै गई सोही नगरपालिका-१५ ढुंगेअड्डाबाट पक्राउ गरेको हो । दुर्घटनाको कारण सिप्रदीस्थित पुल तथा उक्त ट्रकको बायाँ भागमा क्षति पुगेको छ  । 

प्रारम्भिक सोधपुछको क्रममा चालक तामाङले  कोरोनाको औषधि हुने भ्रममा मादक पदार्थ सेवन गरेको बताएको र निज उपर मुलुकी अपराध संहिता, २०७५ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस