aarthiknews.com विहीबार, १५ असोज २०७७   Thursday, 01 October, 2020
 
Bajaj_Bike
Tasen
कर्मचारी राजीनामा प्रकरण

२८ जना कर्मचारीले बैंक छोडेपछि जन्मिएको प्रश्न, यस्तो रहेछ बैंकमा मनोमानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
२८ जना कर्मचारीले बैंक छोडेपछि जन्मिएको प्रश्न, यस्तो रहेछ बैंकमा मनोमानी
LBEF

काठमाडौं । कुमारी बैंकमा कार्यरत २८ जना कर्मचारीले एकै पटक छोडेको घटना बैंकिङ इतिहासमा नै पहिलो घटना बनेको छ । कुमारी बैंकमा कार्यरत माथिल्लो पद सहितका २८ जना कर्मचारीलाई विभिन्न प्रपन्च रचेर जागिर छाड्न लगाइएको प्रकारण बैंकिङ क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ । बैंकको व्यवस्थापनमा बसेका व्यक्तिहरूले संस्थागत सुशासन कायम गर्न नसक्दा वित्तीय क्षेत्रमा नै नयाँ नजिर कुमारी बैंक कर्मचारी प्रकरणले गरेको छ ।
 
बैंकमा संस्थागन सुशासन कायम नहुँदा यसभन्दा पहिला पनि कुमारी बैंकमा यस्तै ठूला घटनाहरू भइरहेका थिए । त्यसो त नेपालका वित्तीय संस्थाहरूमा सुशासन कायम हुन नसक्दा बैंक तथा वित्तीय संस्था नै जोखिममा परेर खारेजीमा समेत गएका घटनाहरू पनि हामी माझ छँदैछन् ।

नेपालको पहिलो विकास बैंक ‘नेपाल विकास बैंक’ का तत्कालिन कार्यकारी अध्यक्ष उत्तम पुनका कारण यसकोे अस्तित्व नै संकट पर्यो । त्यस्तै, एक समय वित्तीय क्षेत्रको हस्तीका रुपमा परिचित एनबी समूहबाट सञ्चालनमा रहेका वित्तीय संस्था वित्तीय सुशासन उलंघन गर्ने संस्थाका रुपमा देखिएको थियो  । उक्त समूह बाहिरिएपछि थप प्रगति पथमा सम्बन्धित बैंक लागेको छ ।

सिताराम प्रसाईले सञ्चालन गरेको घरेलु तथा साना उद्योग विकास बैंक पनि वित्तीय संस्थाको सूचीबाट बाहिरीएको छ । त्यस्तै खराव व्यवस्थापनकै कारण क्यापिटल मर्चेन्ट फाइनान्स, नेपाल शेयर मार्केट, क्रिष्टल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, बल्र्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, नेपाल फाइनान्स लगायतका सस्थाहरू अस्तित्व समाप्त भएको छ ।

२०५७ चैत २१ स्थापना भएको कुमारी बैंकमा पनि स्थापना कालदेखि नै सञ्चालक समितिका कारण आन्तरिक कलह र मनमुटाव हुँदा १९ वर्षसम्म पनि बैंकले प्रगति गर्न सकिरहेको छैन । कुमारी बैक स्थापना कालदेखि नै सञ्चालक समितिमा एकल परिवारवाद र एकलौटी रुपमा बैंक सञ्चालन गर्ने परिपाटीका कारण बैंकको सञ्चालक बोर्ड सधै विवादमा पर्ने गरेको थियो । केहि वर्षअघि बैंकको संस्थापक अध्यक्ष नूरप्रताप राणाको निधन भएपछि बैंकको सञ्चालकबीचमा झन विवाद चर्किन थल्यो ।

यहि कारणले बैंकका लगानीकर्ता (सेयर होल्डर) ले राम्रो समेत राम्रो प्रतिफल पाउन सकेका थिएनन । २०७४ असार १५ मा कुमारी बैंकसँग काष्ठमण्डप विकास बैक, महाकाली विकास बैंक, काक्रे बिहार विकास बैक र पश्चिमाञ्चल फाइनान्स मर्ज भएपछि बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको थियो ।

कुमारी बैंकबाट २८ जना कर्मचारी किन निकालियो ? (नाम सहित)

उक्त आर्थिक वर्षमा राम्रो प्रतिफल दिन सफल बैंकमा सोहि वर्ष साउन २ गतेबाट प्रमुख कार्यकारी अधिकृतका रुपमा सुरेन्द्र भण्डारी आएपछि आर्थिक वर्ष २०७४/७५ र आव २०७५/७६ मा बैंकले शेयरधनीहरूलाई  साढे आठ प्रतिशतमात्र लाभांश दियो ।  

प्रतिष्ठित उद्यमी नुरप्रताप राणाको अध्यक्षतामा सन्तोष लामा, लक्ष्मण श्रेष्ठ र बिके श्रेष्ठलगायतका व्यक्तिहरूको सक्रियतामा कुमारी बैकको स्थापना भएको थियो । आन्तरिक कलह र असन्तुष्टीका कारण कुमारी बैंकको समग्र वित्तीय अवस्था खराब बन्दै आएको छ । २०७४ साउनपछि प्रमुख कार्यकारी अधिकृत बनेका आएका सुरेन्द्र भण्डारी आफूले पनि प्रमुख कार्यकारी अधिकृत भएर बैंकलाई प्रगति पथमा हिडाउने बाटो रोजेनन् ।

उनले झन बैंकको वित्तिय अवस्था सुधार हुनुको सट्टा आफ्नो मनोमानी र तजबिजीमा काम गर्न थाले । उनको कार्यकालमा बैंक अझ उधोगतितर्फ गएको बैंकका कर्मचारीहरूले नै बताउँदै आएका छन् ।मर्ज मार्फत आएका अन्य वित्तीय संस्थाका कर्मचारीबीचमा  'डिभाइड  एण्ड रुल'को सिद्धान्त प्रमुख कार्यकारी अधिकृतले लिएको कुमारीमा मर्जभएर आएका अन्य वित्तीय संस्थाका अधिकांश कर्मचारीहरूको बुझाइ छ ।

बैंकमा हर्ताकर्ता सेयरधनीका रुपमा रहेका डा. शोभाकान्त ढकाल बालुवाटार काण्डदेखि फरार भएपछि बैंकको सञ्चालक समिति र व्यवस्थापन दुबैमा ढलिमली गर्दै आएका सुरेन्द्र भण्डारीले आफू निकटका व्यक्तिलाई ल्याएर बैंकमा अध्यक्ष बनाएका छन् । अमितप्रताप संस्थापक अध्यक्ष नुरप्रताप राणाका छोरा हुन् ।

कुमारी बैंकबाट एकै पटक बैकिङ क्षेत्रका अनुभवी पुराना कर्मचारीहरू निस्कासनको घटनाले मर्जर पछिको व्यवस्थापन अझ पेचिलो बन्ने देखिएको छ । बैंकभित्र रहेका गलत गतिविधि ढाकछोप गर्न बैंक सञ्चालक समिति र व्यवस्थापन समिति एकै जनाको पकडमा बनाउने योजनामा कुमार बैंक अगाडि बढेको  छ । वर्तमान व्यवस्थापन समितिले  आफ्नो निर्णयमा विमति जनाउँदा कारवाही गर्ने धम्कीपछि २८ जना कर्मचारीले एकै पटक बैंक छोडेको घटनाले बैंकको आन्तरिक कलह नराम्रोसँग छताछुल्ल भएको छ ।

कुमारी बैंकबाट अहिले एकै पटक २८ जना अनुभवी र विभागीय प्रमु्खहरु किन बाहिरिए भन्ने चासो चर्चामा रहेको छ । मर्जरपछि आएका बैंकका कर्मचारीलाई कुमारी बैंकको व्यवस्थापनले गरेको दुरव्यवहारका कारण आन्तरिक व्यवस्थापनमा गम्भिर असन्तुष्टि राख्दै बैंकका दुई डेपुटी सीईओदेखि विभागिय प्रमुख र शाखा प्रवन्धकहरुले एकै पटक राजीनामा दिएर बाहिरिएपछि बैंकको आन्तरिक व्यवस्थापनमा देखिएको सुशासन राष्ट्र बैंकले गम्भिर भएर हेर्न पर्ने देखिएको छ ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आफ्नो एक वर्षे कार्यकाल बाँकी हुँद बैंकमा गरेको ‘कू’को पछाडि अब उनी बैंकको सञ्चालक समिति हत्याउन त लागेका छैनन भन्ने प्रश्न लगानीकर्ताले गर्न थालेका छन् ।

२८ जना कर्मचारीहरुले स्वेच्छिक अवकास योजना अन्तर्गत राजीनामा दिएर गएको बैंकले बताएका छ । बैंक स्रोतका अनुसार बैंकमा हाल तल्लो तहमा काम गर्ने कर्मचारी पहिलादेखि नै कम भएका कारण काम गर्न त्यसै त गाह्रो भइरहेको थियो  ।  अब माथिल्लो तहका कर्मचारीले समेत जागिर छोडेपछि झन बैंकमा उपल्लो तहमा काम गर्ने कर्मचारीको समेत खडेरी परेको बैंकका एक कर्मचारीले बताए ।

उनका अनुसार अब देव विकास बैकलाई मर्जमा ल्याउँदा पनि माथिल्लो तहका कर्मचारी पूर्ति गर्न सक्दैन किनकी देव विकासबाट माथिल्लो तहका कर्मचारी जम्मा तीन जना मात्र आउने छन् ।  

स्रोतका अनुसार कुमारी बैंकको वर्तमान व्यवस्थापन समूहले आफू निकटका कर्मचारी अन्य वाणिज्य बैंक वित्तीय संस्थाबाट तान्ने योजनामा बनाएको छ । बैंकका एक कर्मचारीले भने, कुमारी बैंकमा बस्न भन्दा निस्कन नै ठिक हुने देखियो १ वर्ष बाहिर बस्ने फेरि माथिल्लो तहमा पुनः आउने र बैंकको व्यवस्थापनसँग मिलेर पहिला गरेका घोटलाहरू मिलाउन पनि मिल्ने रहेछ ।

बैंकको व्यवस्थापन समूहमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, होटल मेरियटका सञ्चालक शशिकान्त अग्रवाल र रेडिसन होटल समूहको बढी लगानी रहेको छ ।  सोहि समूहको बाहुल्यता रहेको देव विकास बैंकलाई समेत मर्ज गर्ने सहमति भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस