aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life
लकडाउन

भाटभटेनी यसरी खोल्दा जोखिम हुन्न ? (हेरौं तस्वीरमा)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
Sunrise
HIb
भाटभटेनी यसरी खोल्दा जोखिम हुन्न ? (हेरौं तस्वीरमा)
LBEF


काठमाडौं । आज लकडाउनको २५ औ दिन । भाटभटेनी सुपरस्टोर खुलेको दोस्रो दिन । सरकारले खाद्यान्न लगायतका अत्यावश्यकी सामग्रीको सेवा प्रदान गर्न व्यापारिक महल खोल्न दिने गरेको निर्णयसँगै शुक्रबारदेखि भाटभटेनी सुपरस्टोरको ६ वटा आउटलेट खुलेको हो । सामाजिक दूरीलाई कायम राख्दै सेवा दिने उद्देश्यले खोलिएको सुपरस्टोरमा भाटभटेनी भित्र पस्दा नै तीन फिटको दुरीमा ग्राहक उभिने गोलकार घेरा बनाइएको छ । स्टोरभित्र पस्नु अघि ज्वरो नापिन्छ भने सेनिटाइजर प्रयोग गरेरमात्रै आउटलेट भित्र पस्न दिने व्यवस्था मिलाए पनि भित्र भने त्यहि अनुसारको व्यवस्थापन हुन सकेको देखिदैन ।


भाटभटेनी प्राङगण ग्राहकका लागि व्यवस्थित र सुरक्षित भएपनि भित्र भने बाहिर देखे जस्तो छैन । फितलो व्यवस्थापनका कारण आम ग्राहक ठोकिएला जस्तै गरेर सामान खोजिरहेका छन् । स्टोरभित्र २० मिनेटभन्दा बढी समय सामान खरिदका लागि नलगाउन र निर्देशित सामाजिक दुरी कायम गरेर सामान लिनु होला भनेर जानकारी गराइरहे पनि आम ग्राहकले भने त्यसको पालना गरेको देखिदैन । अझ सामानको रकम भुक्तानी गर्ने काउण्टर त अझ अस्तव्यस्त नै देखिन्छ ।  


भाटभटेनी सुपरस्टोरको नामबाट देशमै सबैभन्दा ठूलो रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनी समूहले लकडाउनकै अवधिमा पनि शुक्रबारदेखि राजधानी उपत्यकाका विभिन्न ६ वटा आउटलेट खोलेको हो । गुणस्तरीय दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चाहनालाई मध्यनजर भाटभटेनी सुपरस्टोर खोलिएको हो ।

भाटभटेनी ग्रुपले कलंकी, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिइरहेको छ । अन्य ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहने छन् ।

भाटभटेनी समूहले उपत्यकाबाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा पनि भाटभटेनी सुपरस्टोरको नामबाट आउटलेट सञ्चालन गरेको छ । उपत्यकाबाहिरका आउटलेट पनि खुला रहनेछन् । आउटलेटहरू बिहान १०ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म स्टोर खुल्नेछन् ।

कोरोना भाइरस संक्रमणको त्रासले मुलुक लकडाउनमा गएपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अब खोलेरै सेवा दिन थालेको हो । तर, यसरी दिएको सेवा कति सुरक्षित र जोखिममुक्त छ यस बारे भने सरकारको ध्यान जानु पर्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस