aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

प्रदेश १ मा थप तीन जनामा कोरोना आरडीटी परीक्षणमा पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
Sunrise
HIb
प्रदेश १ मा थप तीन जनामा कोरोना आरडीटी परीक्षणमा पोजेटिभ
LBEF

विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएकोमा तीन जनामा पोजेटिभ देखिएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । शनिबार सुनसरीको हरिनगरामा परीक्षण गर्दा एक जना पुरुषमा पोजेटिभ आएको हो । बाँकी दुई जनाको पिसिआर विधिबाट गरीने परीक्षणमा नेगेटिभ देखिसकेको छ ।

पीसीआर विधिबाट गरिएका कूल ३ सय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ । उनीहरुको नमूना कोशी अस्पतालपछि काठमाडौमा लगेर पुनः परीक्षण गर्दा पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । सबै उदयपुरको मस्जिदमा बस्दै आएकाहरु हुन । शुक्रबारको परिक्षणमा संक्रमितमध्ये ११ भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । उनिहरुको उपचार प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पतालमा भइरहेको छ ।

आरडीटी विधिबाट जम्मा २ सय १० महिला र १ हजार ३ सय १६ जनाको परीक्षण भएको छ । पीसीआर विधिबाट भने ६८ महिला र ३ सय ३ जना पुरुषको परीक्षण भएको हो । ५७ पुरुष र २ सय ८६ पुरुषको नतिजा भने नेगेटिभ आएको छ । स्वाब संकलन गरेको ल्याबमा ल्याएर गरिने परीक्षण विधि पीसीआर हो । 

कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।  यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म कूल ६ सय ६ जना पुगेको छ । २० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ५ महिला र १७ पुरुषसहित २२ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस