aarthiknews.com आइतबार, २१ असार २०७७   Sunday, 05 July, 2020
 
Citizen life

नेपालको दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
Sunrise
HIb
नेपालको दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्
टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोला र संक्रमणपछि निको भएकी युवतीको अनुमतिमा यो तस्बिर स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो ।
LBEF

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

टेकुका एक चिकित्सकका अनुसार दोश्रो  संक्रमित ती युवती २७ दिनको अस्पताल बसाई पछि निको भएर आज घर फर्किएकी हुन् ।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि नेपालमा पहिलो कोभिड(१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन्। उनलाई जनवरी २३ तारिखमा कोरोना पुष्टि भएको थियो। 

अहिलेसम्म नेपालमा ३० जनामा कोरोना देखिइसकेको छ। जसमा सबैभन्दा धेरै उदयपुरको मस्जिदमा बसेका १२ जनामा कोरोना पाइएको छ। नेपालमा कोरोन भेटिएकामध्ये १२ जनाको बिराटनगरमा, पाँचजनाको सेती अस्पतालमा, चारजनाको वीरगञ्जस्थित नारायणी क्षेत्री अस्पतालमा, तीनजनाको बागलुङमा र एकजनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस