aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

विरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
Sunrise
HIb
विरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा
LBEF

नयाँ दिल्ली । अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो पैदल यात्रा गगरेकी छिन । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उनले कठिन यात्रा गर्नु परेको थियो । उनले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गरेको बताएका छन । 

यात्राका क्रममा झण्डै छ राज्य पार गर्नुभएकी ५० बर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनसँगै एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन् । यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो । 

लामो यात्रा गरेकी भएकी शिलम्मन वासनले जोधपुरबाट पीटीआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिए । आफ्नो २९ बर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनले बताएको थियो  । छोरो अरुणलाई मांशपेसीसम्वन्धी रोग लागेको उनको भनाइ छ ।
“भगवानको कृपाले कुनै ठूलो समस्या विना नै हामी यहाँ आइपुग्न सफल भयौँ,” उनले भनिन  ।
  
उनले आफुहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिए । उनीहरु अप्रिल ११ मा हिडेर अप्रिल १४ मा जोधपुर पुग्नु भएको हो । जोधपुरमा सिमा सुरक्षा बल (विएसएफ)मा जवानकोरूपमा कार्यरत अरुण कुमार विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आएका थिए । । घरबाट फर्केपछि उनी विरामी पर्नु भएको हो । उनलाई शुरुमा पखाला लागेको बताइएको थियो । विरामी अरुण कुमारको केरलामा एक बर्षीय बच्चा पनि छ । 

प्रतिक्रिया दिनुहोस