aarthiknews.com शनिबार, २० असार २०७७   Saturday, 04 July, 2020
 
Citizen life

घले दम्पत्तिले १२ करोड ३० लाख सहयोग गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
Sunrise
HIb
घले दम्पत्तिले १२ करोड ३० लाख सहयोग गरे
LBEF

काठमाडौं । नेपाली मुलका अष्ट्रेलियाली नागरिक  गैशेष घले र  उनकी श्रीमति  जमुना गुरुङले १२ करोड ३० लाख रुपैयाँ सहयोग गर्ने भएका छन ।  उनीहले मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अध्ययनरत विद्यार्थीका लागि उक्त सहयोग घोषणा गरेका हुन । 

अष्ट्रेलियामा कोरोना महामारीपछि विद्यार्थीहरुका लागि निजी स्तरबाट गरिएको यो अहिलेसम्मकै ठूलो सहयोगमध्ये एक हो। विश्वभरिका विद्यार्थीको केन्द्र एमआईटीमा नेपली विद्यार्थी समेत अध्ययनरत छन्।

अर्बपति सूचीमा रहेका घले दम्पतीले ‘सद्भाव कोष’ नाम दिएर यो रकम आफ्नो निजी खाताबाट प्रदान गर्ने जनाएका हुन्। हालै बसेको एमआईटी बोर्ड बैठकले घले दम्पतीले राखेको आर्थिक सहयोगको प्रस्ताव पारित गरेको छ। घले सन् २०१८ देखि निरन्तर अष्ट्रेलियाको डलर अर्बपति सूचीमा छन्।

‘कोरोना महामारीको यो समयमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी अप्ठ्यारोमा परेका छन्। यो विषम परिस्थितिमा विद्यार्थीलाई आर्थिक अभाव नहोस् भनेर सानो सहयोग घोषणा गरेका हौं’, शेष घले भन्छन्, ‘यो नाजुक अवस्थामा विद्यार्थीका लागि यो बाहेक अरु पनि आर्थिक सहयोगको डिजाइन गरिरहेका छौं।’

शुक्रबार घोषणा गरिएको सहयोग कोषबाट एमआइटीमा अध्ययनरत हरेक विद्यार्थीलाई ५०० डलरसम्मको पहुँच सहजै हुनेछ। यो रकम भुक्तान गर्नुपर्ने दायित्व विद्यार्थीलाई पर्ने छैन।

प्रतिक्रिया दिनुहोस