aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life
कोरोना कहर

लकडाउनमा इन्टरनेट काट्न नपाइने, ढिला तिर्न जाँदा पनि जरिवना नलाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
Sunrise
HIb
लकडाउनमा इन्टरनेट काट्न नपाइने, ढिला तिर्न जाँदा पनि जरिवना नलाग्ने
LBEF

काठमाडौं ।  लकडाउनको बेला इन्टरनेट काटिएर चिन्तामा हुुनुहुन्छ ? अबयसको चिन्ता गर्न नपर्ने भएको छ । लकडाउन अवधिभर तपाईले इन्टरनेटको रकम भुक्तान गर्न पाउनु भएन भने पनि इन्टरनेट सेवा सुचारु भइरहने छ । डकडाउन सकिएपछि तपाईले अहिले प्रयोग गरेको इन्टरनेटको रकम भुक्तानी गरे हुन्छ । पछि रकम भुक्तान गर्दा विलम्ब शुल्क तथा अन्य केही पनि चार्ज लिन नपाइने व्यवस्था  नेपाल दूर सञ्चार प्राधिकरण (एनटीए) ले गरेको छ ।

प्राधिकरणले लकडाउनको अवधिभर इन्टरनेट नकाट्न सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको आज शुक्रबार निर्देशन  दिएको हो  । इन्टरनेट सेवा प्रदायकहरूले समयमा महशुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको गुनासो प्राधिकरणमा आएपछि लकडाउन अवधिभर सेवा बन्द नगर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

अब कलडाउन अवधिभर इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवा अवरुद्ध गर्न र पछि रकम भुक्तानी गर्दा विलम्ब शुल्क समेत लिन नपाउने व्यवस्था नियामक निकाय एनटीएले गरेको हो । ‘आम इन्टरनेट प्रयोगकर्ता ग्राहकलाई भरसक अनलाइनबाट भुक्तानी गर्न पनि प्राधिकरणले सुझाएको छ ।

प्राधिकरणले इन्टरनेट इमेल सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरू (प्रमुख दूरसञ्चार सेवा प्रदायकहरु लगायत) लाई निर्देशन जारी गरेकोे हो । कोरोना भाइरस (कोभिड–१९) को संभावित संक्रमण फैलिन नदिन तथा रोकथामको लागि नेपाल सरकारबाट मुलुकभर बन्दाबन्दी (लकडाउन) गरिएको हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु राख्न यस्तो निर्देशन दिएको प्रवक्ता अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस