पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । कतिपय क्वारेन्टाइनमा बस्न नमानेकोले दैनिक भत्ता दिने निर्णय गरिएको हो ।
बैठकले कोरोना भाइरसको संक्रमित दुई जनाको उपचार, डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला र अन्य काम गर्ने कर्मचारीलाई दैनिक दुई हजार २५० रुपियाँको दरले भत्ताको दिने निर्णय गरिएको गण्डकी प्रदेशले जनाएको छ ।
कोरोना भाइरसबाट संक्रमितको उपचार गर्नु आफैमा जोखिमपूर्ण भएकाले उनीहरुलाई दैनिक भत्ताका साथै खान, बस्ने समेत व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस