aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite
माथिल्लो तामाकोशी

क्वारेन्टाइनमा राखेर आयोजना निर्माण कार्य भइरहेको छः सीईओ श्रेष्ठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
Sunrise
क्वारेन्टाइनमा राखेर आयोजना निर्माण कार्य भइरहेको छः सीईओ श्रेष्ठ
विज्ञानप्रसाद श्रेष्ठ: प्रमुख कार्यकारी अधिकृत, माथिल्लो तामाकोसी जलविद्युत आयोजना
LBEF

काठमाडौं । कोरोना भाइरसबाट बच्न देशमा लकडाउनको अवस्था भएपनि माथिल्लो तामाकोशीको निर्माण कार्य भने रोकिएको छैन । दैनिक एक हजारभन्दा बढी जनशक्तिबाट आयोजना निर्माण कार्य निरन्तर अघि बढिरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । ‘लकडाउनपछि आयोजनामा कार्यरत जनशक्तिमध्य स्थानीय केही घटेपनि केही नेपाली र विदेशीहरूले निर्माण कार्य गरिरहेका छन्,’ उनले भने ‘उनीहरूको स्वास्थ्यको ख्याल राख्दै सुरक्षात्मक हिसाबले काम भइरहेको छ ।’

अझै साता/दश दिनलाई पुग्ने निर्माण सामग्री छ,’ तर अहिले निर्माण सामग्री बिना नै गर्न सकिने काम पनि आयोजनामा धेरै भएकोले सोही काम गराइरहेका छौं,’ उनले थपे । हाल आयोजनाको सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान कार्य भइरहेको छ । निर्माण स्थलमा खटिएका कामदारलाई क्वारेन्टाइनमा बसे जस्तै गरी कार्य सम्पादन गर्दै आएको उनले बताए ।

सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने भनेको छ । यस्ता आयोजनाको काम निरन्तर गर्नका लागि आयोजनास्थलमा मेडिकल टिम र एम्बुलेन्स राख्ने भनिएपनि हालसम्म त्यसको व्यवस्था भने हुन सकेको छैन । तर, कामदारलाई क्वारेन्टाइनमा बसेको जस्तै गरी काम गराइएको छ ।  कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको काम नरोकिएको हो ।    
   
उक्त आयोजना निर्माणको लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको बताएका छन् । मन्त्रालयले नै पहल गरेर उच्चस्तरीय समितिमा छलफल भएर यस्तो खालको निर्णय  गरिएको उनले बताए । ठूला आयोजनाहरूमा काम गर्ने भन्ने निर्णय अनुसार विद्युतका आयोजना मात्रै नभई, अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै आयोजना प्रक्रिया अगाडि बढाइएको हो ।  


निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ । निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ ।

विशेष गरी कोरोनाको संक्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । कुल ४५६ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य सहित ०६७ साउनमा बहुचर्चित माथिल्लो तामाकोशी आयोजना शुभारम्भ भएको हो ।

२०७२/७३ मा सम्पन्न गर्ने उद्देश्य राखिएपनि यसै आव (२०७४/७५) मा सम्पन्न गर्ने लक्ष्य सहित आयोजना निर्माण कार्य अघि बढेको छ । आयोजनाको शुरुको लागत ३५ अर्ब २९ करोड अनुमान गरियता पनि ६ अर्बभन्दा बढीले बढेर ४१ अर्ब ७२ करोड पुगे देखिएको छ । तामाकोशी हाल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ ।

सरकारको विशेष व्यवस्था पछि राष्ट्रिय गौरवकै आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम समेत अगाडि बढाएको छ ।
    

 

प्रतिक्रिया दिनुहोस